क्यान्टिन हुँदै बजेट महाशाखा छिर्ने ढोका बन्दै गरिएको छ भने अगाडि ढोका खुला गरिए पनि कर्मचारीलाई मात्र महाशाखा छिर्ने अनुमति छ। अर्थमन्त्रालसँग सम्बन्धित अन्य सरकारी कार्यालयका अधिकारी पनि बजेट महाशाखामा छिर्न पाउँदैनन् ।
यद्यपी गतवर्ष जस्तो मन्त्रालय जान भने कडा गरिएको छैन । बजेटवाहेकका अन्य विभाग प्रवेसमा रोक लागिसकेको छैन। अर्थमन्त्रीको सचिवालयमा जान भने कडाइ गरिएको छ ।