पटना । पूर्वाधार विकासमा अघि बढिरहेको विहारमा वाहय पर्यटक आउने क्रममा दोब्बर भन्दा बढीेले बढेको छ । विहारका मुख्यमन्त्री नितिशकुमारले थालेको आर्थिक सुधारका कार्यक्रम हेर्न पर्यटकको आइरो लाग्न थालेको हो । नितिशले विहारमा रहेको असुरक्षालाई अन्त्य गर्दै पूर्वाधार विकास गर्न थालेपछि विदेशीको चासो बढ्न थालेको थियो । सन् २०१२ मा विहारमा ९ लाख ७२ हजार विदेशी पर्यटकले भ्रमण गरेका छन् । यो अघिल्लो वर्षको तुलनामा ५३ प्रतिशतले बढी हो । अघिल्लो वर्ष ६ लाख ३६ हजार पर्यटकले विहारको भ्रमण गरेका थिए । विहार धार्मिक हिसाबले पनि समृद्ध मानिन्छ । विगतमा शान्ति सुरक्षाको अभावमा विदेशी पर्यटक त्यहाँ जान सकेका थिएनन् । पछिल्लो समयमा भौतिक पूर्वाधार (होटेल, रेष्टुरेन्ट) लगायत बनेकोले समेत पर्यटक जाने क्रम बढेको हो । भारतको पर्यटकीय स्थलमध्ये विहार पर्यटकको सातौं स्थानमा रहेको छ । (बीबीसी)