BIZMANDU
www.bizmandu.com

एण्ड्रोइडकाे स्मार्टफोन चलाउनुहुन्छ, केही फिचरहरु जुन तपाइले थाहा नपाउनुभएको हुन सक्छ

२०७३ जेठ ९

एण्ड्रोइडकाे स्मार्टफोन चलाउनुहुन्छ, केही फिचरहरु जुन तपाइले थाहा नपाउनुभएको हुन सक्छ
एण्ड्रोइडकाे स्मार्टफोन चलाउनुहुन्छ, केही फिचरहरु जुन तपाइले थाहा नपाउनुभएको हुन सक्छ

काठमाण्डौं। एन्ड्रोइड स्मार्टफोन प्रयोगकर्ताहरुलाई त्यति थाहा नहुन सक्छ आफ्नो मोबाइलले के के काम गर्नसक्छ भनेर। एण्ड्रोइड स्मार्टफोनको फाइदा यो हो कि तपाईँले आफ्नो फोनलाई आफ्नै जरुरतअनुसार परिवर्तन गर्दै चलाउन सक्नुहुन्छ र चाहेअनुसार सेटिङ्ग्समा धेरै किसिमका विकल्पहरू भेट्न सक्नुहुन्छ, जुन तपाईँको लागि प्रयोगशाली हुन सक्छन्।

Tata
GBIME
Nepal Life

तपाइले आफ्नो स्मार्टफोनमा थोरै समय बिताएर खोतल्दै गएमा तपाईँले सबै कुराहरू बुझ्न सक्नुहुनेछ।
 
१. तपाइले मोबाइललाई साइलेन्ट मोडमा राखेर कहाँ राखेको बिर्सिनुभयो, मोबाइल खोज्दा खोज्दा हैरान नै हुनुभएकै होला भने अब चिन्ता मान्नु पर्दैन। तपाइसंग इन्टरनेटमात्र भए पुग्छ। यसका लागि तपाइले www.google.com/android/devicemanager वेभसाइटमा गएर माबाइलमा जुन ईमेल ठेगामा राख्नुभएको छ त्यहि ठेगानाबाट लगईन गर्नुभयो भने, अब तपाईँले आफ्नो एण्ड्रोइड फोन कुन ठाउँमा छ, नक्सामा देख्न सक्नुहुनेछ र मोबाइलमा ठूलो आवाजको घण्टी पनि बजाउन सक्नुहुनेछ।
 

२. एण्ड्रोइड मोबाइलमा कहिलेकाहिँ नोटिफिकेशनको धेरै आइराख्ने हुन्छ जुन तपाइले पनि भोगिरहनुभएको होला। त्यस्ता नोटिफिकेसनलाई रोक्नको लागि नोटिफिकेशन बार मा एकछिनसम्म थिचिर राख्नुहोस्। त्यसपछि तपाईँ त्यस नोटिफिकेशन बारको सेटिङ्ग्सभित्र पुगी कुनै निश्चित एपको नोटिफिकेशन सेटिङ्ग्समा जान सक्नुहुन्छ। त्यहाँ पुगेर तपाईँले चाहनुभएको एपको नोटिफिकेशनलाई ‘अफ’ गर्न सक्नुहुनेछ।

३. कहिलेकाहिँ आँखा कमजोर भएका मानिसहरुलाई स्मार्टफोनको के लेखिएको हुन्छ त्यो पढ्न मुश्किल हुने गर्दछ। कुनै साइट अथवा एपको फण्ट र आकारनै सानो हुन्छ। त्यसलाई बदल्नका लागि तपाईँले स्क्रीनको कन्ट्याक्ट परिवर्तन गर्नुपर्ने हुन्छ। त्यसको लागि सेटिङमा गएर एक्सेसिविलिटि मा गई त्यसलाई इनेवल गर्नुपर्दछ। अब स्क्रीनमा जे लेखिएको कुरा प्रष्ट देखिन्छ।

४. प्राय स्मार्टफोन प्रयोगकर्ताहरूले एण्ड्रोइड फोनमा पासवर्ड राख्ने गर्छन्। तर हरेक पटक मोबाइल खोल्दा पासवर्ड हानिराख्नु झञ्झटिलो लाग्यो भने तपाईँले आफ्नो कोठाको वाइफाइमा कनेक्ट हुँदा पासवर्ड हान्नुपर्दैन। त्यसका लागि सेटिङ भित्रको सेक्युरिटीमा जानुहोस् र स्मार्टलकमा थिचेर आफ्नो घरको वाइफाइलाई ट्रस्टेड लोकेसनको दर्जा दिनुहोस्। यसो गर्दा घरबाहिर नजाउन्जेलसम्म र वाइफाइमा कनेक्ट रहेसम्म पासवर्ड हालिरहनु पर्दैन।

एजेन्सिको सहयोगमा