BIZMANDU
www.bizmandu.com

सहकारीलाई चेकको धितोमा ऋण नदिन निर्देशन, घरजग्गा उकास्न सम्पति व्यवस्थापन कम्पनी

२०६९ पुष ६

सहकारीलाई चेकको धितोमा ऋण नदिन निर्देशन, घरजग्गा उकास्न सम्पति व्यवस्थापन कम्पनी
सहकारीलाई चेकको धितोमा ऋण नदिन निर्देशन, घरजग्गा उकास्न सम्पति व्यवस्थापन कम्पनी


काठमाडौं । सरकारले सहकारीलाई गुड फर पेमेन्ट चेकका आधारमा ऋण प्रवाह नगर्न निर्देशन दिएको छ । बिहीबार अर्थमन्त्री वर्षमान पुनको अध्यक्षतामा बसेको उच्च स्तरीय वित्तीय क्षेत्र समन्वय समितिको बैठकले सहकारीलाई चेकको धितोमा ऋण नदिन निर्देशन दिएको हो ।
एच एन्ड बी बैंकमा गुड फर पेमेन्ट चेकबाट भएको ठगी सार्वजनिक भएपछि वित्तीय संस्थाहरुमा हुने आर्थिक अनियमिततालाई रोक्न सरकारले यस्तो निर्देशन दिएको हो ।
बैठकमा चाइना कन्स्ट्रक्स प्रालिले मेलम्ची खानेपानीको ठेक्का विचैमा छाडेर भागेपछि दुई बैंकको रकम डुब्ने अवस्था आएकाले बैंक ग्यारेन्टी बापतको रकम उठाउन कुटनैतिक पहल गर्ने निर्णयसमेत भएको छ । बैंक ग्यारेन्टी गर्दा बैंक अफ काठमाण्डू र हिमालयन बैंकको रकम डुवेको छ ।
बैठकले बैंक तथा वित्तीय संस्थाका खराव कर्जाको ब्यवस्थापन गर्न सम्पति ब्यवस्थापन कम्पनी गठन गर्ने निर्णय गरिएको छ । घरजग्गा ऋणका कारण बैंक तथा वित्तीय संस्था समस्यामा पर्न थालेपछि सरकारले यसको व्यवस्थापनका लागि कम्पनी स्थापना गर्ने निर्णय गरेको हो ।
व्यवस्थापन कम्पनीको गठनको अवधारणा तयार पार्ने जिम्मा राष्ट्र बैंकलाई दिइएको छ । खराब कर्जाहरुको फरफारक गर्नका लागि  अधिकार सम्पन्न उच्चस्तरीय समिति गठन गर्ने निर्णयसमेत भएको छ ।
 

Tata
GBIME
Nepal Life