काठमाडौँ । अमेरिकी भिसाका लागि निवेदन दिन अब सजिलो हुने भएको छ। जेठ १९ गतेदेखि पर्यटक र विद्यार्थी भिसाका लागि निवेदन दिँदा अब बैँक स्टेटमेन्ट र घरजग्गाको लालपूर्जा नचाहिने भएको छ।
‘सम्भावित छलकपटबाट जोगाउन र पैसा र समय बचत गर्न’ यसो गरिएको अमेरिकी दूतावासले आज प्रेस विज्ञप्ति जारी गरी जनाएको छ।
दूतावासका अनुसार अब कागजी प्रक्रिया घटाउनका लागि निमन्त्रणा पत्र वा त्यस्तै अन्य कागजपत्रसमेत ल्याउनु पर्दैन। यस्ता प्रकारका कागजातहरु ल्याए दूतावासको सुरक्षा इकाइको हातमा छाड्न लगाइने छ।
के-के कागजात चाहिन्छ?
जेठ १९ गते लागू हुने गरी पर्यटक तथा विद्यार्थी भिसाका लागि आवेदन दिने व्यक्तिहरूले आफ्नो साथमा यी कागजपत्रहरू मात्र ल्याउनु पर्ने दूतावासले जनाएको छ –
अमेरिकी दूतावासले अन्तर्वार्तामा ल्याइएका सम्पूर्ण शैक्षिक ट्रान्स्क्रिप्टहरूको प्रमाणीकरण गर्ने बताएको छ।
अमेरिकी दूतावासमा आवेदकहरूले हालैका महिनामा कन्सलटेन्सीहरूलाई अन्तर्वार्ताका लागि कागजपत्र तयार पार्न वा प्राप्त गर्न नगद रकम तिरेको र पछि त्यस्ता कागजपत्रहरू कन्सुलर अधिकृतहरूले नखोज्ने कुरा थाहा पाएको गुनासो गरेको बताएको छ।
कन्सलटेन्सीहरूले भिसा दिलाइदिने वाचासहित आवेदकहरूबाट उनीहरूको पहिचानसम्बन्धी लगायत गोप्य सूचनाको चोरीमा प्रयोग हुनसक्ने कागजपत्र समेत लिने गरेको जानकारी दूतावासले प्राप्त गरेकोले यस्तो व्यवस्था गरिएको जनाइएको छ।