BIZMANDU
www.bizmandu.com

कच्चा तेलको मूल्य सस्तिएपछि आयल निगमलाई राहात, घाटा ४० करोडमा झर्यो

२०६९ पुष ५

कच्चा तेलको मूल्य सस्तिएपछि आयल निगमलाई राहात, घाटा ४० करोडमा झर्यो
कच्चा तेलको मूल्य सस्तिएपछि आयल निगमलाई राहात, घाटा ४० करोडमा झर्यो


काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य सस्तिएपछि नेपाल आयल निगमको घाटा कम भएको छ । इन्डियन आयल कर्पोरेसन(आइओसी)ले डिसेम्बर १६मा पठाएको मूल्य अनुसार निगमको घाटा ४० करोड ८५ लाखमा झरेको छ । यसअघि निगमको घाटा ५३ करोड रुपैयाँ थियो । पछिल्लो मूल्य अनुसार निगमलाई पेट्रोलमा नाफा बढेको छ भने डिजेलको नोक्सानी कम भएको छ । निगमलाई पेट्रोल एक लिटरमा १२ रुपैयाँ ४२ पैसा नाफा छ भने डिजेलमा २ रुपैयाँ ३९ पैसा घाटा छ । यसअघि निगमलाई पेट्रोलमा ९ रुपैयाँ नाफा थियो भने डिजेलमा ३ रुपैयाँ ५२ पैसा घाटा थियो ।

Tata
GBIME
Nepal Life