BIZMANDU
www.bizmandu.com

वल्र्ड लिंकमा राजस्वको छापा, विल, भौचर, भपाई नियन्त्रणमा, हुण्डीको पनि आशंका

२०६९ पुष ५

काठमाडौं । राजस्व अनुसन्धान विभागले राजस्व छलेको आशंकामा वल्र्ड लिंक कम्युनिकेसनको केन्द्रीय कार्यालयसहित ११ शाखा कार्यालयमा छापा मारेको छ । विभागका निर्देशक भरत सुवेदीको नेतृत्वको टोलीले कम्पनीको प्रधान कार्यालय काठमाडौं लगायत विराटनगर, लहान, जनकपुर, हेटौंडा, वीरगञ्ज, भैरहवा, पोखरा, नेपालगन्ज, धनगढी र ललितपुरका शाखाहरुमा छापा मारेको हो ।
विभागले सबै कार्यालयका रजिस्टर, ग्राहक सेवाको विल, भौचर, भपाई, कम्प्युटर, ल्यापटपको डाटा लिएको छ । कम्पनीले विदेशबाट भित्र्याएको व्यान्डविथ अवैध वितरण गरेको, स्वीकृति नलिई अर्को कम्पनीहरु खडा गरी उनीहरुको व्यान्डविथबाट ईमेल, इन्टरनेट र वेवसाईटहरुको डोमिन वितरण गरेको पाइएको स्रोतले बतायो । व्यान्डविथको अवैध वितरण र खपतबाट अवैध रकम आर्जन गरी हुन्डीमार्फत वाहिर रकम पठाएको विभाग स्रोतले बतायो ।

Tata
GBIME
Nepal Life