BIZMANDU
www.bizmandu.com

टुरिज्म बैंकका सेयरधनीलाई राष्ट्र बैंकले निरास बनायो, दश प्रतिशत लाभांस वितरणमा रोक

२०६९ पुष ४

काठमाडौं । टुरिजम डेभलपमेन्ट बैंकले सिफारिश गरेको दश प्रतिशत नगद लाभांस वितरणको प्रस्तावलाई राष्ट्र बैंकले अस्वीकृत गरेको छ । राष्ट्र बैंकले लाभांस वितरण निर्देशन विपरित भएको भन्दै लाभांस प्रस्तावलाई अस्वीकृत गरेको हो । बैंकले सर्वसाधरणलाई सेयर जारी गरेपछि पहिलोपटक लाभांसको प्रस्ताव गरेको थियो । बैंकको पाँच महिना अघि भदौमा ६४ लाख कित्ता साधरण सेयर सूचिकृत भएको थियो । लाभांस वितरणमा यस अघि प्राइम बैंकको सिफारिशलाई समेत राष्ट्र बैंकले संसोधन गरेको थियो । सुरुमा  नगद लाभांसको मात्र प्रस्ताव गरेको प्राइमले राष्ट्र बैंकको निर्देशनपछि बोनस सेयर समेत जारी गरेको थियो ।
तीन वर्षदेखि सञ्चालनमा आएको टुरिज्म बैंकले अघिल्लो वर्ष तीन करोड ७१ लाख  रुपैयाँ मुनाफा गरेको थियो । बैंकले त्यस अघिल्लो वर्ष तीन करोड ९१ लाख रुपैयाँ मुनाफा गरेको थियो । लाभांस वितरणसम्वन्धी प्रस्ताव अस्वीकार गरेपछि बैंकको सेयर बुधवार सात प्रतिशतले घटेको छ । अघिल्लो कारोवार प्रतिकित्ता १०८ रुपैयाँमा भएकोमा बुधवार आठ रुपैयाँ घट्दै प्रतिकित्ता एक सय रुपैयाँमा कारोवार भएको छ । पाँच महिना अघि टुरिज्म विकास बैंकको स्टकमा प्रतिकित्ता १७९ रुपैयाँमा कारोवार खुलेको थियो । त्यसयता बैंकको सेयर मूल्य घट्दै आइरहेको छ ।

Tata
GBIME
Nepal Life