नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन तोलामा ५६ हजार पाँच सय रुपैयाँमा किनबेच भइरहेको छ।
त्यस्तै चाँदीको भाउ पनि आज धटेको छ। महासंघका अनुसार मंगलबार ८ सय रुपैयाँमा कारोबार भएको चाँदी आज सात सय ९० रुपैयाँमा कारोबार भइरहेको छ।
नेपाली बजारमा सुनचाँदीको भाउ अन्तराष्ट्रिय बजारमा कारोवार हुने डलर र कच्चातेलको मूल्यका कारण घटबढ हुने गर्दछ। अन्तराष्ट्रिय बजारमा डलर कमजोर भएको कारण सुनचाँदीको भाउ घटबढ हुने गरेको व्यवसायी बताउँछन्।