BIZMANDU
www.bizmandu.com

थोरै घटेर बन्द भयो पुँजी बजार, कारोबार रकम ९६ करोड रुपैयाँ, बाणिज्य बैं‌क समूहमै बसे लगानीकर्ता

२०७३ बैशाख २१

काठमाडौं । पुँजी बजार थोरै घटेर बन्द भएको छ । कारोबार रकममा बृद्धि भएपनि नेप्से परिसूचक भने २.२५ अंकले घट्यो । 
 
बाणिज्य बैंक समूहको सूचक केही ओर्लिपछि बजार रातो भएको हो । बैंक, विमा, विकास बैंक, फाइनान्स र टेलिकमको सूचक रातो भएपछि बजार थोरै ओर्लिएको हो । कारोबार सुरु भएको केही समय पछि बजार ७ अंक भन्दा धेरैले घटेको थियो । दिउसो साढे दुई बजेपछि बजार विस्तारै सम्हालिँदै गएको हो । बजार बन्द हुँदा नेप्से १४७१.९५ अंकमा रोकियो । 
दिनभरमा ९६ करोड रुपैयाँको सेयर किनबेच भयो । यो रकम औसत भन्दा धेरै हो । बजारको कारोबारलाई बाणिज्य बैंकहरुले नै माथि उचालेका हुन् । प्रमुख १० करोबार हुने कम्पनी मध्ये आठ वटा बाणिज्य बैंक छन् । 
 
बाणिज्य बैंक समूहको मात्रै करिब ४० करोड रुपैयाँको सेयर किनबेच भयो । २९ मध्ये मर्जका लागि कारोबार रोकिएका सहित १० वटा बाणिज्य बैंकको सेयर कारोबार नै हुँदैन। १९ वटा बैंकको कारोबार ४० करोड पुगेको हो । 
 
सबैभन्दा धेरै एभेरष्ट बैंकको सेयर कारोबार भयो । यो बैंकको सेयर मूल्य प्रतिकित्ता १६ रुपैयाँ बढेर दुई हजार नौ सय ९१ रुपैयाँ पुगेको छ । अर्को ठूलो बैंक स्ट्याण्डर्ड चार्टर्ड बैंकको सेयर मूल्य पनि बढेको छ । नेपाल इन्भेष्टमेन्ट, नेपाल बैंक, एनएमबी बैंकको कारोबार चार करोड रुपैयाँ भन्दा धेरैको भयो । 
 

Tata
GBIME
Nepal Life