BIZMANDU
www.bizmandu.com

गुडविल गुमेपछि यस्तो, विजय माल्याको किङफिसरकाे ब्राण्ड तथा ट्रेडमार्क किन्न कोही तयार भएनन्

२०७३ बैशाख २०

गुडविल गुमेपछि यस्तो, विजय माल्याको किङफिसरकाे ब्राण्ड  तथा ट्रेडमार्क किन्न कोही तयार भएनन्
गुडविल गुमेपछि यस्तो, विजय माल्याको किङफिसरकाे ब्राण्ड तथा ट्रेडमार्क किन्न कोही तयार भएनन्

मुम्बई। विजय माल्याको कम्पनी किङफिसर एयरलाइन्सको ब्राण्ड तथा ट्रेडमार्कको लिलामी असफल भएको छ। करीब नौ हजार करोड भारतीय रुपैयाँ कर्जा दिने १७ वटा बैंकहरुले शनिबार किङफिसर लिलामीमा राखेपनि किन्न कोही तयार भएनन् ।
 
बैंकहरुले यसको न्युनतम मूल्य तीन सय ६६ करोड ७० लाख रुपैयाँ राखेको थियो। यस अगाडि पनि किङफिसर बेच्नमा बैंकहरु असफल भएका थिए।

Tata
GBIME
Nepal Life

बैंकको यस लिलामीमा किङफिसरका केही मानिस बाहेक फ्लाइ द गुड टाइम्स ट्यागलाइन, फ्लाइङ मोडल्स, फनलाइनर, फ्लाइ किङफिसर, फ्लाइङ बर्ड डिभाइस पनि समावेश गरिएको थियो। एयरलाइन्सले ऋण लिने समयमा ट्रेडमार्क पनि धरौटी राखेको थियो। बैंकहरुका लागि किङफिसर ब्राण्डको अनलाइन अक्सन एसबीआइ ट्रष्टले गरेको थियो।

लिलामी बिहान साढे एघार बजे (स्थानीय समयअनुसार) सुरु भएर करीब एक घण्टासम्म चलेको थियो। तर ट्रेडमार्कका लागि बोलकबोल दस प्रतिशत नजिक पनि पुग्न सकिरहेको थिएन। बजार विज्ञहरुका अनुसार ब्राण्डको बजार मुल्य घटिसकेसकोले लिलाम हुने सम्भावना कम छ । एजेन्सीको सहयोगमा