BIZMANDU
www.bizmandu.com

कृषि प्राविधिकका लागि खुशीको खबर, तपार्इका लागि खुलेको छ ७३ जिल्लामा सरकारी जागिर

२०७३ बैशाख २०

कृषि प्राविधिकका लागि खुशीको खबर, तपार्इका लागि खुलेको छ ७३ जिल्लामा सरकारी जागिर
कृषि प्राविधिकका लागि खुशीको खबर, तपार्इका लागि खुलेको छ ७३ जिल्लामा सरकारी जागिर

काठमाडौं : सरकारले हरेक गाउँ विकास समितिमा कृषि प्राविधिक पुर्‍याउन बिभिन्न ७३ जिल्लाका लागि ५ सय जना कृषि प्राविधिक माग गरेको छ।

Tata
GBIME
Nepal Life

सोमबार सूचना प्रकाशित गरी कृषि बिभागले खुला तथा समावेशी सिद्धान्त अनुसार राजपत्र अनंकित द्वितीय श्रेणी अर्थात खरिदार सरहका नायब प्राविधिक सहायक माग गरेको हो।सूचना अनुसार खुलातर्फ २ सय ८० जना, महिला ७९, आदिवासी जनजाति ६८, मधेसी ४६ र दलित २७ जना माग गरिएको छ। विभागले निश्चित जिल्ला तोकेर प्राविधिकहरु माग गरेको छ। जस अनुसार सबैभन्दा धेरै धनुषामा १३ जना, सप्तरी, सिरहा, सर्लाही र रौतहटमा १२ जना माग गरिएको छ।

यस पदमा आवेदन दिन एसएलसी पास गरी एक वर्षे जेटिए तालिम लिएको वा कृषि विषय लिई टि एसएलसी पास गरेको हुनुपर्नेछ। इच्छुक १८ देखि ३५ वर्षसम्मका नेपाली नागरिकले जेठ ३ गतेसम्म आफ्नो जिल्ला कृषि विकास कार्यालयमा आवेदन दिनुपर्नेछ। आवेदनका लागि परीक्षा दस्तुर ३ सय रुपैयाँ र समावेशी समूहको लागि थप १ सय ५० रुपैयाँ तोकिएको छ।