सहायक निर्देशकका लागि स्नातक उतीर्ण, कानुन अधिकृतका लागि कानुनमा स्नातक, सहायक प्रथम र लेखापालका लागि प्लस टु सरह उतीर्ण र सहायक द्वितीयका लागि एसएलसी पास हुनुपर्नेछ। दुईजना टेलिफोन अपरेटरमध्ये एक जना प्लस टु उतीर्ण र एक जना एसएलसी उतीर्ण माग गरिएको छ।
त्यस्तै प्लम्बरका लागि प्राविधिक एसएलसी पास गरेको वा सिटिइभिटीबाट तह २ को सीप परीक्षण परीक्षा उतीर्ण भएको हुनुपर्नेछ।योग्यता पुगेका नेपाली नागरिकले जेठको १६ गतेसम्म दरखास्त दिनुपर्नेछ। दरखास्त शुल्क अधिकृत तहको १ हजार, नायब सुब्बा तहकोलाई ४ सय र खरिदार सरहकोलाई ३ सय रुपैयाँ तोकिएको छ।