BIZMANDU
www.bizmandu.com

मुगु सदरमुकाम सडक सञ्जालसँग जोडियो, चार वर्षमा ५४ करोड खर्चले ९४ किलोमिटर सडक

२०६९ पुष २

मुगु सदरमुकाम सडक सञ्जालसँग जोडियो, चार वर्षमा ५४ करोड खर्चले ९४ किलोमिटर सडक
मुगु सदरमुकाम सडक सञ्जालसँग जोडियो, चार वर्षमा ५४ करोड खर्चले ९४ किलोमिटर सडक

मुगु । विकट कर्णाली अञ्चलको मुगु जिल्ल सडक सञ्जालसँग जोडिएको छ । नाग्मा–गमगढी सडकको आइतवार प्रधानमन्त्री डा. बाबुराम भट्टराईले उद्घाटन गरे । यो सडकको ट्रयाक नेपाली सेनाले खोलेको हो । कालीकोट जिल्लाको नाग्मागाडबाट जुम्ला जिल्ला हुदै मुगु जिल्लाको गमगढी सम्मको ९३ किलोमिटर सडकको निर्माण आर्थिक वर्ष २०६४ चैतबाट सुरु भएको थियो ।   

 यो सडकले कालिकोटको १३ हजार फिट उचाईमा पर्ने घुच्ची लेकलाई छलेर अगाडी बढ्छ । त्यसैगरी यो सडकले ११ हजार ५०० फिट उचाईमा रहेको ताल्चा विमानस्थललाई जोड्दै मुगुको सदरमुकाम गमगढीसम्म पुग्छ । यो सडक आयोजनाको कुल लगत १ अर्व ५८ करोड रुपैयाँ रहेकोमा नेपाली सेनाले अहिलेसम्म ५४ करोड रुपैयाँ खर्च गरेको छ ।
यो राजर्मागले नेपाली भाषाको उद्गमस्थल, ऐतिहासिक सिंजा उपत्यका र रारा ताल जस्तो पर्यटकिय महत्व बोकेको क्षेत्र तथा मुगु जिल्लाको सदरमुकाम गमगढीलाई राष्ट्रको यातायात संजालमा जोड्ने नेपाली सेनाले आइतवार जारी विज्ञप्तिमा जनाएको छ । यो सडकको निर्माणपछि नेपालकै अति दुर्गम तथा मानव विकासमा पछाडी परेको मुगु जिल्लाका बासिन्दाले गांस, बास, स्वास्थ्य र शिक्षाको सुलभता र बिकासको अनुभव गर्न पाउने नेपाली सेनाले जारी प्रेस विज्ञप्तिमा छ ।

यस बाहेक मुगु जिल्लाका साथै हुम्ला, जुम्ला र डोल्पा जिल्लामा उत्पादित विभिन्न कृषि तथा निकासीजन्य बनपैदावार बस्तुले पनि बजारसम्म पुग्दा आयआर्जनमा टेवा पुग्ने बताइएको छ । सडक उद्घाटन कार्यक्रममा अर्थमन्त्री वर्षमान पुन, भौतिक योजना निर्माण तथा यातायात व्यवस्था मन्त्री हृदयेश त्रिपाठी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष दिपेन्द्रबहादुर क्षेत्री, प्रधानसेनापति गौरव शम्शेर ज.ब.रा. लगायतको उपस्थिति थियो ।

Tata
GBIME
Nepal Life