BIZMANDU
www.bizmandu.com

टोयटा मोटर्सले खोल्यो विर्तामोडमा नयाँ शोरुम, सेल्स सर्भिस र स्पेयर पार्टस् उपलब्ध हुने

२०७३ बैशाख १५

टोयटा मोटर्सले खोल्यो विर्तामोडमा नयाँ शोरुम, सेल्स सर्भिस र स्पेयर पार्टस् उपलब्ध हुने
टोयटा मोटर्सले खोल्यो विर्तामोडमा नयाँ शोरुम, सेल्स सर्भिस र स्पेयर पार्टस् उपलब्ध हुने

काठमाडौं। टोयटा मोटर्सले झापाको विर्तामोडमा कान्तिपुर अटो लिन्क सञ्चालनमा ल्याएको छ। यो शोरुमवाट नेपालमा उपलब्ध टाेयाेटाका पेसेन्जर  गाडिहरु उपलब्ध गराउने जनाएको छ।

Tata
GBIME
Nepal Life

टोयोटा गाडिका लागि नेपालको आधिकारीक आयातकर्ता युनाइटेड ट्रेडर्स सिन्डिकेटले नयाँ खुलेको शोरुमवाट सेल्स सर्भिस र स्पेयर उपलब्ध हुने जानकारी दिएको छ।

कान्तिपुर अटो लिन्क मेचि अञ्चलमा विगत १२ बर्षदेखि सञ्चालनमा आएको मोटर विक्रेता हो। मंगलवार विर्तामोडमा नयाँ शोरुम उद्धाटन गर्दै युनाइटेड ट्रेडर्स सिन्डिकेटका सिनियर डाइरेक्टर कैलाश राजभण्डारीले नयाँ शोरुमले नेपालको पुर्वी क्षेत्रमा टोयोटाको स्टाण्डर्डमा सेवा दिने बताए। उनले यो शोरुमवाट मेची नगरको आसपासमा उत्कृष्ठ सेवा दिने बताए।

कान्तिपुर अटो लिन्कले उद्घाटन भएको दिनमा ग्राहकले १० वटा टोयटाका गाडी बुकिङ गरिसकेको जनाएको छ। उद्घाटन कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी मदन कुमार भुजेलले गाडिले मानिसको दैनिक जीवनमा सहयोग पुर्याएको बताए।