BIZMANDU
www.bizmandu.com

आजबाट राष्ट्र बैंकले चेकको क्लियरेन्स नगर्ने, सबै चेक एनसिएचएलको विद्युतीय प्रणालीमा

२०६९ पुष १

आजबाट राष्ट्र बैंकले चेकको क्लियरेन्स नगर्ने, सबै चेक एनसिएचएलको विद्युतीय प्रणालीमा
आजबाट राष्ट्र बैंकले चेकको क्लियरेन्स नगर्ने, सबै चेक एनसिएचएलको विद्युतीय प्रणालीमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले  आजबाट चेकहरुको राफसाफ (क्लियरेन्स) नगर्ने भएको छ । सबै बैंक तथा वित्तीय संस्थाहरुले विद्युतीय प्रणालीबाट चेकहरुको राफसाफ (क्लियरेन्स) गर्दै आएको नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसिएचएल) बाट गराउनु पर्ने छ । अबदेखि चेक क्लियरेन्स गर्न एक दिनभन्दा बढी लाग्ने छैन् । सबै बैंक तथा वित्तीय संस्था चेक क्लियरेन्सका लागि आउने भएपछि एनसिएचलले चेक क्लियरेन्स प्रणाली अपग्रेड गरेको छ । अपग्रेड भएका प्रणाली मंसिर १ बाट प्रयोगमा आइसकेको छ ।
सफ्टवेयर महँगो भएको भन्दै विकास बैंक र फाइनान्स कम्पनीहरुले चेक क्लियरेन्सका लागि एनसिएचएलको सदस्यता लिएका थिएनन् । कतिपय वाणिज्य बैंकहरुले समेत यसको विरोध गरेका थिए ।राष्ट्र बैंकले अहिले एनसिएचएलको सदस्यता नलिएका विकास बैंक र फाइनान्स कम्पनीहरुको चेक राफसाफ ‘म्यानुअल्ली’ गर्दै आएको छ । सुरुमा सबै बैंक तथा वित्तीय संस्थालाई अनिवार्य गर्ने तयारी गरिएको एनसिएचएलमा भ्रस्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गरेपछि राष्ट्र बैंक पछाडि हटेको थियो । अख्तियारबाट क्लिन चिट पाएपछि राष्ट्र बैंकले अनौपचारिक रुपमा सबै बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो ।
एनसिएचएलमा नेपाल राष्ट्र बैंकसहित ७० बैंक तथा वित्तीय संस्थाहरु सदस्य भइसकेका छन् । यसमा ३२ वाणिज्य बैंक, १९ विकास बैंक र १८ फाइनान्स कम्पनी छन् । एनसिएचएलबाट स्वदेशी तथा विदेशी मुद्राको चेक राफसाफ हुन्छ । कम्पनीले कात्तिक मसान्तसम्म ११ लाख चेक राफसाफ गरिसकेको छ । यो दैनिक औषत ८ हजार १०८ चेक हो ।

Tata
GBIME
Nepal Life