BIZMANDU
www.bizmandu.com

कतारको ड्रिमलाइनरः लण्डन जाने नेपालीलाई दोहाको कनेक्टिङ फ्लाइटबाट अनुभव (तस्वीर समाचार)

२०६९ मंसिर २९

कतारको ड्रिमलाइनरः लण्डन जाने नेपालीलाई दोहाको कनेक्टिङ फ्लाइटबाट अनुभव (तस्वीर समाचार)
कतारको ड्रिमलाइनरः लण्डन जाने नेपालीलाई दोहाको कनेक्टिङ फ्लाइटबाट अनुभव (तस्वीर समाचार)



काठमाडौं । दोहाबाट लण्डनका लागि बोइङको विमान ड्रिमलाइनरले सेवा सुरु गरेको छ । लण्डनको हिथ्रो विमानस्थलको धावनमार्ग चुम्ने २९० यात्रु क्षमता भएको कतार एयरवेजको ड्रिमलाइनर पहिलो हो । यो बिमानको अनुभव नेपालीले समेत गर्न सक्नेछन् तर त्यसका लागि नेपाली यात्रुले काठमाडौंबाट दोहाको कनेक्टिङ फ्लाइट समात्नुपर्दछ, नेपालस्थित कतार एयरवेजले विहिवार जारी विज्ञप्तिमा छ ।

Tata
GBIME
NLIC


विहिवारदेखि अल्ट्रा मोर्डन बोइङ ७८७ ड्रिमलाइनरले दोहा–लण्डन–दोहाको व्यवसायिक उडान भरेको हो । ड्रिमलाइनर इन्धन बचत, जेट ल्याग र इन्टेरियरका दृष्टिकोणले उत्कृष्ट छ । विमानमा जेट ल्याग लाग्न नदिने प्रविधि राखिएको छ भने यसले इन्धन पनि बचत गर्दछ । बोइङले ड्रिमलाइनर उस्तै क्षमताको अर्को विमानभन्दा २० प्रतिशत कम इन्धनमा ५२ प्रतिशत बढी उडान भर्न सक्छ । त्यसैगरी अल्मुनियम मेशिनको प्रयोगका कारण यो विमानको मर्मतमा हुने खर्च पनि ३० प्रतिशतले कम हुने बताइएको छ ।

ड्रिमलाइनरलाई ग्रिन प्लेनको नाम समेत दिइएको छ । यो विमानमा फ्लोरोसेन्ट लाइटिङको सट्टा एलइडी लाइटको प्रयोग गरिएको छ । विमानमा फराकिला झ्याल, फराकिलो भुईं र माथिल्लो भागलाई अग्लो पारिएको छ । बोइङले विमान भित्र सफा क्याविन एयर हुने दावी गरेको छ, यसले विमानका यात्रीलाई कम डिहाइड्रेशन हुनेछ ।

रोल्स रोयसको नेक्स्ट जेनेरेशन इन्जिन प्रयोग गरिएको यो विमानमा स्मुथर राइड टेक्नोलोजी लगाइएको छ । यसले यात्रा अझ आरामदायी हनेछ भने यात्रामा हुने ‘मोसन सिक्नेस’लाई पनि कम गर्नेछ ।कतारले सन् २०१३ भित्र यस्ता थप दश विमानबाट उडान भर्नेछ, सुरुमा सन् २०१३ भित्र कम्पनीले ३० विमान भित्र्याउने लक्ष्य राखेको थियो ।

विहिवार कतार एयरवेजको दोहा–लण्डन उद्घाटन उडान केही फिक्का भने भयो । कतारसँग भएको अर्को यस्तै एउटा ड्रिमलाइनरलाई बोइङले बलजफ्ती ग्राउण्डेड गराएको थियो । यसअघि युनाइटेड एयरलाइन्सको यस्तै ड्रिमलाइनरको इमरजेन्सी ल्याण्डिङ्ग गरिएको थियो, कतार एयरवेजका सिइओ अकबर अल बकरले उद्घाटन उडानपछि लण्डनमा भेला भएका पत्रकारसँग भने । हामीसँग भएको एउटा ड्रिमलाइनरसँग पनि त्यही समस्या भएको छ, जुन समस्या युनाइटेड एयरलाईन्ससँग भएको थियो, यसले म बोइङसँग खुशी छैन, उनले भने ।

कतारले यसको क्षतिपूर्ती बोइङसँग माग्ने समेत बताए । दुईवटा विमानमा एउटै समस्या हुनुले प्राविधिक समस्यालाई देखाउँछ, बकारले भने । बोइङ बेलायतले यो विषयमा आफूहरुलाई जानकारी भएको भन्दै यस विषयमा काम भैरहेको जानकारी दिएको छ ।

४० दिन अघि अमेरिकाको युनाइटेड एयरलाइन्सले बोइङ ७८७ ड्रिमलाइनरलाई सिकागोको ओहारे अन्तराष्ट्रिय हवाई मैदानमा उतारेको थियो । युनाइटेड एयरलाइन्स नै ड्रिमलाइनर पाउने पहिलो विमान कम्पनी हो ।