BIZMANDU
www.bizmandu.com

इन्जिनियरहरुको बहसमा उत्रिने, संघीयताका विषयमा छलफल चलाउने

२०६९ असार २८

इन्जिनियरहरुको बहसमा उत्रिने, संघीयताका विषयमा छलफल चलाउने
इन्जिनियरहरुको बहसमा उत्रिने, संघीयताका विषयमा छलफल चलाउने

काठमाडौं । नेपालको अर्थतन्त्र र उपलब्ध स्रोतलाई धान्ने संघीयताको मोडलबारे इञ्जिनियरहरुले बहस  थाल्ने भएका छन् । देशभरका साढे १३ हजार इञ्जिनियरहरुको छाता संगठन नेपाल इञ्जिनियर्स एशोसियशनको स्थापनाको ५० औं वर्ष प्रवेशको अवसरमा स्वर्णमहोत्सव कार्यक्रम अन्तर्गत उनीहरुले यो बहसको थालनी गरेका हुन् ।
स्वर्णमहोत्सव कार्यक्रबारे जानकारी दिन विहिवार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा स्वर्ण महोत्सव आयोजक समिति एवं संघका अध्यक्ष महेन्द्रबहादुर गुरुङले देशको पूननिर्माण गर्नका लागि अब इञ्जिनियरहरले माटो सुहाउँदो संघीयताको मोडल पहिचान गर्न पहल गर्ने बताउनुभयो ।स्वर्ण महोत्सवको क्रममा सबै राजनीतिक दलमा रहेको इञ्जिनियरिङ पृष्ठभूमिका नेताहरुलाई एउटै मञ्चमा ल्याई पूनर्संरचनाबारे ठोस धारणा निर्माण गर्नका लागि छलफल गराउने उहाँले जानकारी दिनुभयो ।
संघका पूर्व अध्यक्ष तथा सल्लाहाकार इञ्जिनियर किशोर शाक्यले नेपालबाट पलायन भएका करीब ६ हजार इञ्जिनियरहरुलाई स्वदेश फर्काउनका लागि सरकारले ठोस योजना बनाउनुपर्ने बताउनुभयो । प्रधानमन्त्री स्वयं इञ्जिनियर भएता पनि देशमा विकास बजेट सदुपयोग हुन नसकिरहेकोमा चिन्ता व्यक्त गर्दै उहाँले मुलुक प्राविधिक ज्ञान भएका युवापुुस्ताहरुले चलाउनुपर्ने बताउनुभयो ।
यस्तै संघका महासचिव अनुराधा शर्मा अधिकारीले सप्ताहव्यापी रुपमा मनाइने स्वर्ण महोत्सव अवधिमा असार २९ गते वृक्षारोपण, ३० गते म्याराथुन दौड, ३१ गते रक्तदान कार्यक्रम, श्रावण १ गते कविता महोत्वसव आयोजना गरिने जानकारी दिनुभयो । यस्तै उहाँका अनुसार संघले श्रावण ३ गते स्वर्ण महोत्सवको राष्ट्रपति डा. रामवरण यादवले उद्घाटन गर्ने उहाँले जानकारी दिनुभयो ।

Tata
GBIME
Nepal Life