BIZMANDU
www.bizmandu.com

मेगा बैंकको यो वर्षको अन्तिममा ७० करोडको आइपिओ आउँदै, चार कम्पनी विक्रीप्रवन्धक नियुक्त

२०६९ मंसिर २९

मेगा बैंकको यो वर्षको अन्तिममा ७० करोडको आइपिओ आउँदै, चार कम्पनी विक्रीप्रवन्धक नियुक्त
मेगा बैंकको यो वर्षको अन्तिममा ७० करोडको आइपिओ आउँदै, चार कम्पनी विक्रीप्रवन्धक नियुक्त


काठमाडौं । मेगा बैंक नेपालले प्राथमिक शेयर निष्कासन गर्न नागरिक लगानी कोष, नबिल इन्भेष्टमेन्ट, एनएमबी क्यापिटल र एनआइबीएल क्यापिटल मार्केट्लाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । बैंकले यही वर्षको अन्तिममा साधारण शेयर निष्कासन गर्ने योजना बनाएको छ ।
बैंकको कर्पोरेट कार्यालय, मेगामहल कान्तिपथमा बिहीबार आयोजित कार्यक्रममा बैंकले संयुक्त रुपमा शेयर निष्कासन गर्न चारवटै निष्कासन तथा बिक्री प्रबन्धक कम्पनीहरुसंग सम्झौता गरेको हो ।

एकैपटक ठूलो परिमाणमा शेयर निष्कासन गर्न लागेकाले हामीले संयुक्त रुपमा चारवटा कम्पनीलाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेका हौं,” मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले भने । मेगा बैंकले आफ्नो कूल जारी पूंजी दुई अर्ब ३३ करोडमध्ये सर्वसाधारणकोलागि छुट्याएको ३० प्रतिशत रकमको प्रति शेयर कित्ता १०० का दरले रु. ६९ करोड ९० लाख बराबरको ६९ लाख ९० हजार  कित्ता शेयर निष्कासन गर्दैछ ।

Tata
GBIME
NLIC