BIZMANDU
www.bizmandu.com

सिभिल बैंकमा मागभन्दा पाँच गुणा बढी सेयर आवेदन परेको प्रारम्भिक अनुमान

२०६९ मंसिर २८

काठमाडौं । प्रारम्भिक अनुमानमा सिभिल बैंकको ८० लाख कित्ता सेयरका लागि यसको पाँच गुणा आवेदन परेको छ । सिभिल बैंक निकट स्रोतका अनुसार ८० करोड रुपैयाँको सेयरका लागि चार अर्ब रुपैयाँको आवेदन परेको छ । पाँच गुणा बढी सेयर आवेदन आएपछि बैंकको विहिवारबाट सेयर आवेदन बन्द गरिएको छ । बैंकले चार दिनका लागि सेयर आवेदन खुला गरेको हो । लगानीकर्ताले आइपिओमा पछिल्लो केही महिनायता देखाएको यो सबैभन्दा ठूलो उत्साह हो । बैंकले २५ असारमा ८० लाख कित्ता सेयरकालागि आवेदन खुला गरेको थियो । यो ८० लाखमध्ये चार लाख कित्ता सेयर बैंकका कर्मचारीका लागि र म्युचुअल फण्डका लागि चार लाख गरी आठ लाख कित्ता छुट्टयाइएको छ । बैंकले सेयर जारी गर्नका लागि नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग, एस क्यापिटल, नागरिक लगानी कोष र एनसिएम मर्चेण्ट बैकिङ्गलाई विक्री प्रवन्धक नियुक्त गरेको थियो ।

Tata
GBIME
Nepal Life