BIZMANDU
www.bizmandu.com

एनएलजी इन्सुरेन्सको नेपालमा पहिलोपटक पशुधन बीमालेख, किसानलाई राहात

२०६९ मंसिर २८

काठमाडौं । नेपालमा पहिलोपटक पशुधन बीमा सुरु भएको छ । एनएलजी इन्स्योरेन्स कम्पनीले एग्रो अर्गेनिक कोअपरेटिभका गाइको बिमा गरेर यस्तो बीमाको सुरुवात गरेको हो  । बीमा समितीका कार्यकारी निर्देशक विनोद अर्यालले गाईको पहिलो बीमा लेख जारि गरी संथाका व्यावस्थापकलाइ हस्तान्तरण गरेका हुन । पशुधन बीमालेख जारी गर्न बीमा समितिबाट स्वीकृति लिएको एनएलजी पहिलो बीमा कम्पनी हो । यस्तो बीमाबाट दुग्ध व्यवसायी किसानको आर्थिक सुरक्षा हुने, बैंक तथा लगानिकर्ताको आर्थिक हित सुरक्षित हुने कम्पनीले जनाएको छ ।  ।
बीमा लेखबाट थप ऋण सहयोग प्राप्त गर्न सघाउ पुग्ने, किसानलाई पशुधनको क्षतिपूर्ती प्राप्त हुने कम्पनीले जनाएको छ । बीमालेखमा तोकिएको भौगोलिक क्षेत्रभित्र आगलागि, चट्याङ, बाढी, डुबान, हुरिबतास, आँधिबेहरी भुकम्प, अनावृष्टि, सरुवा रोग वा चिरफारको कारण पशु मरेमा कम्पनीले क्षति रकम भुक्तान गर्ने छ । किसानले त्यसरी मरेका पशु बारे सन्तोषजनक प्रमाण कम्पनीमा पेश गरी बीमा दाबी गर्नुपर्ने कम्पनीले जनाएको छ

Tata
GBIME
Nepal Life