BIZMANDU
www.bizmandu.com

जया कन्फेक्सनरीको फ्रेसो क्यान्डी बजारमा, चिसो र ताजापनको अनुभव दिने

२०६९ मंसिर २७

जया कन्फेक्सनरीको फ्रेसो क्यान्डी बजारमा, चिसो र ताजापनको अनुभव दिने
जया कन्फेक्सनरीको फ्रेसो क्यान्डी बजारमा, चिसो र ताजापनको अनुभव दिने


काठमाडौं । जया कन्फेक्सनरीले हालै बजारमा ल्याएको फ्रेसो मेन्थालिप्टस क्यान्डीको व्यापारीक अभियान शुरु गरेको छ । योक्यान्डीले स्वासमा स्वच्छता कायम गरी मुखमा तुरुन्त शीतलता प्रदान गरी चिसो र ताजापनको अनुभव दिने कम्पनीले जानकारी दिएको छ । यो क्यान्डीले डिपोजिटेड हार्ड बोएलड कन्फेक्सनरी भएको र यसको उत्पादन अत्याधुनिक प्रविधिको प्रयोग गरी भएको पनि कम्पनीले जानकारी दिएको छ । चुस्त टेक्सचर, समानआकृति, समरुप र अडिलो स्वाद यसको गुण भएको पनि कम्पनीले जारी विज्ञप्तिमा छ । यो क्यान्डी प्रति गोटा एक रुपैयाँमा उपलब्ध हुने पनि कम्पनीले जानकारी दिएको छ । जया कन्फेक्सनरी लक्ष्मी ग्रुप अन्तर्गतको कम्पनी हो । कम्पनीले ल्याक्टोफोन, क्रेभ, योयो तथा म्याँगो टार्ट जस्ता उत्पादनहरु बजारमा ल्याएको छ ।

Tata
GBIME
Nepal Life