BIZMANDU
www.bizmandu.com

मंगलवार सुन फेरी दुई सय रुपैयाँ सस्तो, तोलाको ५९ हजार पाँच सय

२०६९ मंसिर २६

मंगलवार सुन फेरी दुई सय रुपैयाँ सस्तो, तोलाको ५९ हजार पाँच सय
मंगलवार सुन फेरी दुई सय रुपैयाँ सस्तो, तोलाको ५९ हजार पाँच सय

काठमाडौ । मंगलवार सुन तोलामा दुई सय रुपैयाँले घटेर कारोवार भएको छ । नेपाल सुन चाँदी व्यवसायी संघले मंगलवारको लागि छापावाला सुन प्रति तोलाको ५९ हजार पाँच सय रुपैयाँ तोकेको छ । सोमवार सुन तोलामा ५० रुपैयाँले घटेर प्रति तोलाको ५९ हजार सात सय रुपैयाँमा कारोवार भएको थियो ।
मंगलवार चाँदीको मुल्यमा कुनै परिवर्तन भएन । गत आइतवारदेखि चाँदीको मुल्य प्रति तोलाको ११ सय ८० रुपैयाँमा कारोवार हुँदै आएको छ ।

Tata
GBIME
Nepal Life