BIZMANDU
www.bizmandu.com

एभरेष्ट र एचएण्डबीको रौतहटमा सेवा विस्तार, हामामा नयाँ सञ्चालक

२०६९ असार २८

काठमाडौं । एभरेस्ट बैंक लिमिटेडले रौतहटको चन्द्रनिगाहपुरमा ४६औं शाखा विस्तार गरेको छ । बैंकले सो शाखाबाट एटीएम सुविधा पनि दिने जनाएको छ । सो एटीएमसँगै ५८ वटा पुगेको कम्पनीले जनाएको छ । त्यसैगरी रौतहट जिल्लाको गरुडा बजारमा एचएनबी विकास बैंकको एक्सटेन्सन काउन्टर सञ्चालनमा आएको छ । काउन्टरको गरुडा उद्योग बाणिज्य संघका अध्यक्ष कण्ठमनी प्रसादले बुधवार उद्घाटन गरे । बैंकले यसअघि काठमाडौ उपत्यकाभित्र ५ र उपत्यका वाहिर २१ शाखाबाट अत्याधुनिक सेवा प्रदान गर्दै आएको छ । बैंकले छिट्टै उपत्यकामा एक र उपत्यका वाहिर दुई शाखा विस्तार गर्ने जनाएको छ ।
यसैवीच हामा मर्चेन्ट एन्ड फाइनान्स लिमिटेडले दुई आर्थिक वर्षको साधारण सभा बुधवार गरेके छ । कम्पनीको पाँचौ र छैठौ वार्षिक साधारणसभा गरेको हो । साधारणसभाबाट सर्वसाधरण सेयरधनीका तर्फबाट रोजन कर्माचार्य र डिजे श्रेष्ठ गरी दुईजनालाई अर्को चार वर्षका लागि सञ्चालक पदमा निर्वाचित गरेको जनाएको छ ।

Tata
GBIME
Nepal Life