BIZMANDU
www.bizmandu.com

मुस्लिम देशका सुन्दरी राजकुमारीहरु, जोसँग अर्बौं डलर छ

२०७२ चैत्र २६

मुस्लिम देशका सुन्दरी राजकुमारीहरु, जोसँग अर्बौं डलर छ
मुस्लिम देशका सुन्दरी राजकुमारीहरु, जोसँग अर्बौं डलर छ


काठमाडौं । सन्सारका सबैभन्दा सुन्दर र धनी महिलाको सुचीमा मुस्लिम देशका राजकुमारीहरु छन् । सुन्दरी राजकुमारीहरुमध्ये कतिपयले आफ्नै क्षमताले सम्पति जोडेका छन् भने कतिपय विहे गरेर अरबपति बनेका छन् ।
 
साउदी अरब, जोर्डन, मकाउ, कतारका राजकुमारीहरु सबैभन्दा धनी छन् । फोर्ब्‍सले सार्वजनिक गरेको सुची अनुसार अधिकांस धनी महिलाहरु मुस्लिम देशका छन् ।
 
राजकुमारी फातिमा कुलसुम
फातिमा कुलसुम जौहर गोदाबरी साउदी अरबका राजकुमार शेख अवदी अल मोहम्मदकी पत्नी हुन् । कुलसुम विश्वकै समृद्धमध्धेको देश साउदीकी राजकुमारी हुन् । उनी अरबौं डलरकी सम्पतिकी मालिक्नी हुन् ।
 
राजकुमारी अमिरा
अमिराले साउदी अरबका राजकुमार अल वालिद बिन तलालसँग विहे गरेकी थिइन्, उनले २०१३ मा राजकुमारसँग सम्बन्धविच्छेद गरिसकेकी छन् । १९७० जनवरी १ मा जन्मेकी अमिरासँग करिव २०० अर्ब छ । अमिरा एनजिओ चलाउँछिन् र उनी तलालको कम्पनी किङडम होल्डिङकी साझेदार पनि हुन् ।
 
शेख हनादी
कतारकी व्यवसायी शेख हनादी सम्पति व्यवस्थापन कम्पनी चलाउँछिन् । उनी राजपरिवारभित्रैकी सदस्य हुन् । उनले सन् १९९८ मा यो कम्पनी स्थापना गरेकी थिइन् । उनले कतारमा पहिलो म्युचुअल फन्ड पनि सञ्चालनमा ल्याएकी थिइन् । २०० अर्ब डलरको रियलस्टेट प्रोजेक्ट वाब सिटीकी पनि संस्थापक हुन् । उनी स्ट्यान्डर्ड चार्टर्ड ग्रुपकी विशेष सल्लाहकार पनि हुन् । उनको कम्पनीको नेटवर्थ १५ अर्ब डलरको छ ।
 
महारानी रानिया
अब्दुल्ला-ii की पत्नी रानिया जोर्डनकी महारानी हुन् । उनले स्टार ट्रेक थिम पार्क बनाउन एक सय करोड डलर खर्च गरेकी थिइन् । १९७० मा जन्मिएकी रानियासँग विहेअघि २२८ करोड डलर सम्पति थियो । उनी सन्सारभरकी शक्तिशाली महिलाको सुचीमा १०० नम्बरमा पर्छिन् ।
 
महारानी लला सलमा
मोरक्कोकी महारानी लला सलमा महाराज मोहम्मद-vi की मत्नी हुन् । सलमासँग २५० करोड डलर बराबरको सम्पति छ । उनी त्यहाँका धेरै सरकारी कम्पनीकी सेयरधनी छन् ।
 
राजकुमारी हजाह हाफिज सुरुल बोल्किअह
राजकुमारी हजाह हाफिज सुरुल बोल्किअह ब्रुनाइका सुल्तान हसन बोल्किअहकी छोरी हुन् । बुवा बोल्किअह सन् १९९७ मा सन्सारकै सबैभन्दा धनीको सुचीमा एक नम्बरमा परेका थिए । उनीसँग सात हजार लग्जरी कार छन् । उनीसँग सन्सारकै सबैभन्दा ठूलो महल छ जसमा १७०० वटा त कोठा मात्र छन् । राजकुमारीको विहेमा मात्र २ करोड डलर खर्च भएको थियो ।
 
राजकुमारी हाया
हाया जोर्डनका राज हुसेनकी छोरी हुन् । उनले अक्सफोर्ड युनिभर्सिटीबाट अध्ययन पुरा गरेकी हुन् । उनी युएइका राजकुमार शेख मोहम्मद बिन रासिद अल मख्तुमकी कान्छी श्रीमती हुन् । उनीसँग ६०० करोड डलरको सम्पति छ ।

Tata
GBIME
NLIC