BIZMANDU
www.bizmandu.com

लाग्ला शंकर समूहलाई धक्का ?, लेमिनेटेड बोराप्रति महासंघको आपत्ति

२०६९ असार २८

काठमाडौ । नेपाल उद्योग बाणिज्य महासंघले सिमेन्टको बोरा लेमिनेटेड बोरामा ल्याउनुपर्ने निर्णयप्रति असहमति जनाउँदै निर्णय कार्यान्वयनमा नल्याउन सरकारसँग माग गरेको छ ।  विज्ञान तथा प्रविधि मन्त्रालयले एक महिनाअघि  राजपत्रमा सूचना प्रकासित गरेर ९० दिनभित्रै लेमिनेटेड बोरा प्रयोगमा ल्याउनुपर्ने उल्लेख गरेको थियो । महासंघले सरोकारवाला पक्षसँग कुनै छलफल नगरी गरिएको निर्णयले संशकित बनाएको उल्लेख गरेको छ ।
महासंघले लेमिनेटेड बोरा उत्पादन गर्ने उद्योग नेपालमा नभएकोले यसमा लाग्ने सबै रकम विदेशिने जनाउँदै निर्णय सच्याउन सरकारसँग माग गरेको छ । लेमिनेटेड बोरामा सिमेन्ट ल्याउँदा लागत बढ्न गई सिमेन्टको मूल्य समेत बढ्ने भएकोले अव्यवहारिक निर्णय फिर्ता लिन महासंघले माग गरेको छ । लेमिनेटेड बोरामा सिमेन्ट ल्याउने निर्णय प्रति शंकर ग्रुप अन्तर्गतको जगदम्बा सिमेन्ट वाहेक सबै  विरोधमा उत्रिएका छन् । शंकर ग्रुपले राजपत्रमा लेमिनेटेड बोरामा सिमेन्ट ल्याउनुपर्ने सूचना प्रकासित भएको केही दिनमै तीन महिनामा नेपालमै लेमिनेटेड बोरा उत्पादनको तयारी भएको जानकारी गराएको थियो ।

Tata
GBIME
Nepal Life