BIZMANDU
www.bizmandu.com

क्यापिटल मर्चेन्टबाट नौ करोड ठगी गर्ने खड्का पक्राउ, हाउजिङ कम्पनी खडा गरी रकम अपचलनको आरोप

२०७२ चैत्र २३

काठमाडौं । महानगरीय अपराध महाशाखाले क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स कम्पनी लिमिटेडबाट नौ करोड रुपैयाँ कर्जा लिएर ठगी गरेका काठमाडौँ गागलफेदीका ४७ वर्षीय पुष्करराज खड्कालाई पक्राउ गरेको छ ।

Tata
GBIME

खड्काले पारिवारिक हाउजिङ डेभलपमेन्ट प्रालि नामक कम्पनी खडा गरी रकम अपचलन एवम् बैंकिङ कसुर गरेका हुन् । महाशाखाका अनुसार पुनरावेदन अदालत, पाटन ललितपुरबाट २०७१ वैशाख २९ गतेको फैसलाले उनलाई तीन वर्ष कैद र नौ करोड बिगो भराई जरिवाना तोकेको थियो । प्रहरीले खड्कालाई बौद्धस्थित बाहुनधाराबाट आइतबार पक्राउ गरी आवश्यक कानुनी कारबाहीका लागि सोमबार काठमाडाँै जिल्ला अदालत पठाइएको छ । रासस