BIZMANDU
www.bizmandu.com

उत्कृष्ट निर्माण कम्पनी कालिका कन्स्ट्रक्सन, उपप्रधानमन्त्री गच्छदारलाई गौरव सम्मान

२०६९ मंसिर २३

उत्कृष्ट निर्माण कम्पनी कालिका कन्स्ट्रक्सन, उपप्रधानमन्त्री गच्छदारलाई गौरव सम्मान
उत्कृष्ट निर्माण कम्पनी कालिका कन्स्ट्रक्सन, उपप्रधानमन्त्री गच्छदारलाई गौरव सम्मान

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले प्रदान गर्ने जगदम्बा स्टील्स एफक्यान एक्सिलेन्स अवार्ड’ अन्तर्गत उत्कृष्ट निर्माण कम्पनी अवार्ड कालिका कन्स्ट्रक्सनले पाएको छ । पाँचौ राष्ट्रिय निर्माण दिवसको अवसरमा शुक्रवार भौतिक योजना तथा निर्माणमन्त्री ह्दयेश त्रिपाठीले कालिका कन्स्ट्रक्सनका कार्यकारी निर्देशक निकोलस पाण्डेलाई हस्तान्तरण गरे ।
अवसरमा २८ विधामा सम्मान गरिएको थियो । दोस्रोमा शर्मा एण्ड कम्पनी र तृतीय हुनेमा नेपाल आदर्श निर्माण कम्पनी भएको छ । ख वर्गमा पहिलो हुने कम्पनी आश्रय निर्माण सेवा प्रालि,दोस्रोमा गज्रमुखी निर्माण कम्पनी र तेस्रोमा रोशन कन्ट्रक्सन कम्पनी रहेका छन् । त्यसैगरी ग वर्गका उत्कृष्ट कम्पनीमा प्रथममा नयाँ बाटो निर्माण सेवा,दोस्रोमा गीता कन्ट्रक्शन र तेस्रोमा शाह निर्माण सेवा रहेका छन् । घ वर्गको पहिलो हुने जेबी निर्माण सेवा, दोस्रोमा जयाँ रक्तकाली कन्ट्रक्शन र तेस्रोमा होम निर्माण सेवाले पुरस्कार पाउन सफल भएका छन् ।
क्षेत्रीय निर्माण व्यवसायी संघमध्ये उत्कृष्ट क्षेत्रीय संघमा पूर्वाञ्चल निर्माण व्यवसायी संघ विराटनगर,उत्कृष्ट जिल्ला संघहरुमा  हिमाली क्षेत्रको जिल्ला निर्माण व्यवसायी संघ जुम्ला,पहाडी क्षेत्रमा काठमाडौं जिल्ला निर्माण व्यवसायी संघ र तराई क्षेत्रमा निर्माण व्यवसायी संघ दाङले उत्कृष्ट निर्माण व्यवसायी संघको पुरस्कार जित्न सफल भएका छन् ।
विदेशमा निर्माण कार्य गर्ने उत्कृष्ट नेपाली कम्पनी सम्मान पाउने निर्माण कम्पनीमा पनि कालिका कन्ट्रक्सन परेको छ ।   निर्माण व्यवसायीका छोराछोरी मध्ये इन्जिनियरिङ्ग विषयमा प्रत्येक वर्ष भित्रको उत्कृष्ट विद्यार्थी सम्मानबाट यो वर्ष रुपन्देहीका सुरज उप्रेती र काश्कीकी अनिशा क्षेत्रीलाई सम्मान गरिएको छ । महासंघ गौरव सम्मानबाट यो वर्ष पूर्व अर्थमन्त्री भरतमोहन अधिकारी र उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारलाई सम्मान गरिएको छ ।
उत्कृष्ट सहयोगी टेलिभिजन सम्मानले हिमालय टेलिभिजन, उत्कृष्ट सहयोगी खबरपत्रिका सम्मान आर्थिक अभियान दैनिक, उत्कृष्ट सहयोगी रेडियो सम्मान क्यापिटल एफएम, उत्कृष्ट सहयोगी प्रायोजक सम्मान पञ्चकन्या समुह, निर्माण क्षेत्रमा उत्कृष्ट कार्य गरेका महिला निर्माण व्यवसायी सम्मानले केसी निर्माण सेवा मोरङकी लक्ष्मी कटुवाललाई सम्मानित भएका छन् ।  
त्यसैगरी निर्माण व्यवसायमा उदाहरणीय कार्य गरेको व्यक्ति÷कम्पनी सम्मानबाट मन–गोमतीलाई संयुक्त रुपमा प्रदान गरिएको छ । उत्कृष्ट परामर्सदाता कम्पनी सम्मानबाट नेपाल कन्सल्ट्यान्सी प्रालिले सम्मान पाएको छ । वर्षको उत्कृष्ट ईन्जिनियर सम्मानले यो वर्ष ईन्जिनियर आर्किटेक्चर शंकर नाथ रिमालले सम्मान पाएका छन् ।
सोही अवसरमा महासंघले राजधानीमा प्रभातफेरी र रक्तदान कार्यक्रम समेत गरेको थियो ।  कार्यक्रममा मन्त्री त्रिपाठीले संसद नहुँदा व्यवसायीहरुको दुई करोडसम्मको ठेक्का विना योग्यता खुलाउन माग पुरा हुन नसकेको बताए ।  

Tata
GBIME
Nepal Life