BIZMANDU
www.bizmandu.com

निकुञ्जका होटलका विषयमा विवाद, सौरहाका होटल व्यवसायी विरोधमा

२०६९ असार २८

काठमाडौ । चितवन राष्ट्रिय निकुञ्ज भित्रका होटेलको म्याद थपको विषयमा क्षेत्रीय होटेल संघ सौराहामा विवाद चुलिएको छ । क्षेत्रीय होटेल संघका अध्यक्ष शंकर सैंजुले निकुञ्ज भित्रको होटेलको म्याद थप्नुपर्ने भन्दै विज्ञप्ति जारी गरेपछि विवाद भएको हो । उनले केही दिनअघि निकुञ्ज भित्रको होटेलमा करोडौको लगानी भएको भन्दै म्याद थप्नुपर्ने पक्षमा विज्ञप्ति जारी गरेका थिए । उनको भनाई आधिकारिक नभएको भन्दै सौराहाका होटेल सञ्चालकले अहिले पत्रकार सम्मेलन गर्दैछन् ।

विरोधका स्वर:चितवन सौरहाका व्यवसायीहरुले आयोजना गरेको सेमिनारमा पनि निकुञ्जभित्रका होटलहरु हटाउनुपर्नेमा जनमत बनेको थियो

Tata
GBIME
Nepal Life

सैंजुले जारी गरेको विज्ञप्तिमा हाम्रो सहमति छैन, अध्यक्षको हैसियत दुरुपयोग गरेर उनले सौराहाका होटेल व्यवसायीको मानमर्दन गरेका छन्, संघका एक सदस्यले भने, पदावधि सकिइसकेको व्यक्तिले जारी गरेको विज्ञप्तिमा वैधानिकता पनि प्राप्त गर्दैन् । संघको कार्यकाल जेठ मसान्तमा सकिइसकेको छ ।
जंगल सफारी लजका संञ्चालक सुमन घिमिरेका अनुसार सौराहामा रहेका ९९ प्रतिशत होटेलहरु निकुज भित्र रहेको होटेल हटाउनुपर्ने पक्षमा छन् । हाम्रो व्यापार बढ्छ भनेर निकुञ्ज भित्रको होटेल हटाउन खोजेका होइनौ, उनले भने, हाम्रो उद्देश्य भनेको विशुद्ध निकुञ्जको पर्यावरण, वन्यजन्तु र सौन्दर्य नविग्रियोस् भनेर मात्रै हो । उनले दीर्घकालिन रुपमा होटेल व्यवसाय गर्नेले निकुञ्ज भित्र होटेल सञ्चालन गर्नका लागि मरिहत्ते नगर्ने स्पस्ट पारे । दीर्घकालिन व्यवसाय गर्नेले आजलाई मात्रै हेरेर व्यवसाय अघि बढाउँदैन, घिमिरले भने, त्यसैले निकुञ्ज भित्रका होटेलहरुले पनि सहजै होटेल हटाएर सहयोग गर्नुहुनेछ ।