सन् २०१० मे ६ ।
अमेरिकी सेयर बजार डाउ जोन्समा नियमित कारोवार भैरहेको थियो। इस्ट्रन टाइम जोनमा दिउँसोको २ बजेर ३२ मिनेट हुँदै थियो। डाउ जोन्समा सेयरको सेलिङ प्रेसर बढेर गयो।
ग्रिसमा कर्जा संकट चरममा थियो। सबैलाई लाग्यो त्यसको असर डाउ जोन्समा देखिएको छ। २ बजेर ३२ मिनेटमा सुरु भएको बजार झर्ने क्रम २ बजेर ४५ मिनेट पुग्दा तीन सय अंकले तल झरिसकेको थियो।
बजार तीन सय अंक तल झरेपछि इक्वीटी सेयरको मूल्य तिव्र रुपमा तल झर्न थाल्यो। अर्को पाँच मिनेटमा डाउ जोन्स पूरै रातो देखियो। २ बजेर ४७ मिनेट पुग्दा सेयर सूचकांक ९९८ दशमलव पाँच अंकले तल थियो। यो बीचमा बजारले आठ सय अर्व डलर गुमाइ सकेको थियो।
जति चाँढो बजार ढलेको थियो, त्यति नै चाँढो बजारले फेरी गति पनि लियो। अर्को २० मिनेटमा बजारले पाँच मिनेटमा घटेको छ सय अंक रिकभर गरिसकेको थियो।
६ मे २०१० को यो घट्नालाई नाम दिइयो, द क्रयास अफ २:४५, २०१० फ्ल्यास क्रयास अर्थात फ्लयास क्रयास। फ्ल्यास क्रयासको हडबढमा लगानीकर्ताले करोडौं डलर गुमाए। तर केही 'हाई फ्रक्वेन्सी ट्रेडर'ले भने कमाए।
त्यो फ्ल्यास क्रयासमा कमाउनेमध्ये एक थिए, पश्चिम लण्डनको हाउँन्सलोमा बस्ने नविन्दर सराओ। उनी कमाउनेको सूचीमा मात्रै छैनन्, अमेरिकाको फेडरल व्युरो अफ इन्भेष्टिगेटिभले सराओलाई त्यो फ्ल्यास क्रयास गराउने दोषी समेत मानेको छ।
अमेरिकामा सराओमाथि धोखाधडी र स्पुफिंग गरेर वित्तीय गडबढी गरेको २२ वटा अलग अलग आरोप लागेका छन्। स्पुफिंगको अर्थ हो, जालझेलको मनस्थिति बनाएर खरिदविक्रिको निर्णय हुनु अघि लेनदेन रद्द गर्नु।
तर सराओले यी सबै अरोप अस्वीकार गरेका छन्।
उनी दोषी हुन् वा निर्दोष एक छिनका लागि छोडदिने हो भने उनले जे गरे त्यो सबैलाई हैरान बनाउने छ।
३७ वर्षका सराओले आफ्ना बाबुआमाको घरको कम्पयुटरबाट शिकागो एक्सचेञ्जमा कारोवार गरे। जहाँ उनी कहिल्यै गएकै थिएनन्। यसरी उनले पाँच वर्षमा तीन करोड पाउण्ड (साढे चार अर्व रुपैयाँ) कमाए।
सराओले जुन शिकागोको एक्सचेञ्जमा कारोवार गरिरहेका थिए, त्यो पूर्ण रुपमा कम्प्युटराइज्ड बजार हो। जहाँ कुनै व्याक्तिका लागि कमै मौका मिल्छ।
जहाँ नविनत्तम ट्रेडिङ सफ्टवेयरहरु सेयरको मूल्यमा हुने उतार चढावलाई तूरुन्तै समात्छन्। यहाँ मानिस यी ट्रेडिङ सफ्टवेयरका अघि सुस्त ठहरिन्छन्।
एउटा व्याक्तिले एक्सजेञ्जमा हालेको आधा सेकेण्डमै अर्को व्याक्तिले आफ्नो स्क्रिनमा खरिद गर्ने सेयरको सूची देख्छ। यस्तोमा बजारलाई नै उचाल्नु त ठूलो कुरा भयो। यस्तोमा तपाई जति छिटो सेयर किन्नुहुन्छ। उति नै पैसा पनि बनाउन सक्नुहुन्छ।
यहाँ तपाईको प्रतिश्पर्धा कम्प्युटरसँग छ। त्यसैकारण जबसम्म तपाईंले बाईको बटन थिच्नुहुन्छ। त्यतिवेलासम्म ढिला भैसकेको हुन्छ। अर्कोले बेच्न राखेको सेयर देखेपछि त्यो खरिद गर्ने फैसला लिन कम्तिमा पनि तपाईंलाई आधा सेकेण्ड त लाग्छ नै तर कम्प्युटरले यो काम केही मिलिसेकेन्डमै पूरा गरिदिन्छ।
कारोवारीले यसलाई तिव्र गतिमा खरिद गरे. यसको मूल्य बढ्यो। यतिवेला तपाईले कमाउने मौका गुमाइसक्नुभयो। शिकागोमा यो प्रतिश्पर्धा यति तिव्र छ यसमा खरिद विक्रिका लागि कारोवारीलाई जम्मा केही मिलिसेकेण्डले फरक पार्छ।
सायद सराओ र उनीभन्दा पहिले जसले यो गरेको थियो, त्यो हाई फ्रिक्वेन्सी कारोवारका कारण बजारमा मच्चिएको हडबढ।
धेरैजसो हाई फ्रिक्वेन्सी कारोवारीसँग उस्तै खाले सफ्टवेयर हुन्छ। त्यसले ठूलो कारोवारलाई पहिचान गरेर बजारको तालमा आफ्नो काम गर्छन। तव सबै कारोवारीले एउटै कदम चाल्छन्। जसरी भेंडोंले गर्छ।
एफबिआईकाअनुसार सराओले यसका लागि एउटा सफ्टवेयर एल्गोरिद्मलाई संसोधन गरे। अब यसको तिव्र प्रयोग गरेर ठूलो मात्रामा सेयर बेच्न थाले। जुन एकै दिन हजारौं करोडौंमा हुने गर्दथ्यो। तर सराओले यो कारोवारलाई अघि बढाउँदैनथे।
सेयर बेच्नका लागि राख्नुको अर्थ के थियो भने। सराओले कम्प्युटराइज्ड कारोवारीलाई विक्रि अर्डर खरिद अर्डरभन्दा ज्यादै बढी छ भनेर विश्वासमा लिनु थियो। यो विश्वासले बजार तल झर्न थालेको हो भन्ने कम्प्युटर कारोवारीलाई भ्रम दिलाउँथ्यो।
त्यसको परिणाम के हुन्थ्यो भने कम्प्युटर कारोवारी नोक्सानबाट बच्नका लागि आफ्नो सेयर बेच्न थाल्थे। लगातार सेयर बेच्न थालेपछि मूल्य पनि घट्न थाल्थ्यो।
एफबिआईकाअनुसार यो बीचमा सराओ मूल्य घट्ने समयसम्म कुर्थे र फेरी खरिद गर्न थाल्थे। कम मूल्यमा सेयर किनेपछि उनले विक्रिको अर्डर रद्द गरिदिन्थे।
जबसम्म बजारले विक्रिको अर्डर गैसक्यो भन्ने बुझ्थ्यो। सेयर मूल्य फेरी बढ्न थाल्थ्यो। त्यसपछि सराओ माथिल्लो मूल्यमा सेयर बेचेर ठूलो मुनाफा कमाउँथे।
एकपटकका लागि यो मुनाफा कम हुन्थ्यो। तर यही कुरा हरेक घण्टा दोहोराएपछि कुल मुनाफा बढथ्यो। एफबिआईका अनुसार यो माग नक्कली हुन्थ्यो जसले बजारलाई ठगी गर्दथ्यो।
अमेरिकी कानुनमा स्पुफिंग अपराध हो। एफबिआईले सराओमाथि बजार हेराफेरी गर्ने र सेयरको झुठो खरिद विक्रि गरेको आरोप लगायो। त्योसँगै उनीमाथि त्यही ६ मे २०१० को बजार क्रयास गराएको अरोप पनि जोड्यो। एफबिआईले बजार क्रयास हुनुमा सराओले गरेको गतिविधि पनि जिम्मेवार भएको अरोप लगायो।
सराओका वकिल जेम्स लुविसले एफबिआईको दावीको खारेज गरे। उनले सन् २०१० को फ्लयास क्रयासका लागि अमेरिकी हेज फण्ड कम्पनी वाडेल एण्ड रिड दोषी भएको बताए। यो कम्पनीले त्यस दिनका लागि ठूलो मात्रामा विक्रि अर्डर गरेको थियो। अमेरिकि नियामक द कमोडिटिज एण्ड फ्युचर्स ट्रेडिङ कमिशन पनि यही नतिजामा पुगेको छ।
सराओका वकिलले अमेरिकी अधिकारीमाथि कानुनी प्रक्रिया दुरुपयोग गरेको आरोप समेत लगाए। अमेरिकासँग बेलायतको प्रत्यर्पण सन्धिअनुसार अभियुक्तको तव मात्रै बेलायतबाट अमेरिकामा प्रत्यर्पण गर्न सकिन्छ जबकि बेलायती कानुनमा पनि यसलाई अपराध मानिन्छ। सराओमाथि अमेरिकामा लागेको आरोप बेलायती कानुनमा अपराध मानिंदैन्। बेलायतमा स्पुफिंग अपराध होइन्।
सराओका वकिलहरुले उनलाई सार्वजनिक बयान दिनबाट बन्देज गरेका छन्। यसैकारण सराओको व्याक्तित्वका विषयमा जानकारी धेरै छैन्। स्कुलमा सराओ होनहार र तेज विद्यार्थी थिए। वकिलका अनुसार सराओ आस्पेन्जर्स सिंड्रोमबाट पीडित छन्। त्यसैकारण उनी सामाजिक रुपमा धेरै घुलमिल हुँदैनन्।
सन् २०१० मा सराओले क्यारेवियन द्विपमा नेभिसमा एउटा डेरी कम्पनी खोलेका थिए। जसको यो कामसँग कुनै पनि मतलव थिएन।
सराओले तीन करोड पाउण्ड आफ्नो बेडरुम नछाडि कमाएका थिए भन्ने जानकारी छ। तथापि उनी कुनै देखावटी जिन्दगी जिउँदैनन्। सराओलाई गत वर्ष अप्रिलदेखि अगस्टसम्म कैदमा राखिएको थियो। उनले अमेरिकी जमानतको शर्त पूरा गरेका थिएनन्। उनले अदालतमा यस्तो हुन किन दिइयो भनेर विरोध गरेका थिए।
आफ्नो काममा राम्रो भएका कारण आफूले सँजाए पाएको उनको दावी थियो। बीबीसी हिन्दीको सहयोगमा