BIZMANDU
www.bizmandu.com

भोटेचौरको एभरेष्ट चिया कम्पनी र होटल व्यवसायीबीचको विवाद अन्त्य, बगान प्रवेशमा रोकतोक नहुने

२०७२ चैत्र ६

भोटेचौरको एभरेष्ट चिया कम्पनी र होटल व्यवसायीबीचको विवाद अन्त्य, बगान प्रवेशमा रोकतोक नहुने
भोटेचौरको एभरेष्ट चिया कम्पनी र होटल व्यवसायीबीचको विवाद अन्त्य, बगान प्रवेशमा रोकतोक नहुने

मेलम्ची। सिन्धुपाल्चोकको भोटेचौर ७ मा रहेको एभरेष्ट चिया कम्पनी र होटल व्यवसायीबीचको विवाद अन्त्य भएको छ । २० वर्षदेखि सञ्चालनमा रहेको सो चिया कम्पनीले प्राङ्गारिक चिया उत्पादन गर्ने भन्दै ६ महिना अघिदेखि होटल व्यवयासी र पर्यटकलाई बगान प्रवेशमा रोक लगाएको थियो । 

Tata
GBIME
Nepal Life

इलाका प्रहरी कार्यालय मेलम्चीमा शुक्रबार चिया कम्पनी व्यवस्थापक, होटल व्यवसायी र विभिन्न राजनीतिक दलका प्रतिनिधिबीचको छलफलपछि बगान प्रवेशमा कुनै रोकतोक नगर्ने सहमति भएको इप्रका मेलम्चीका प्रहरी निरीक्षक निरज डाँगीले बताए। यद्यपि बगान प्रवेश गर्नेले सार्वजनिक बाटो प्रयोग गर्न पाउने भए पनि बगानभित्र घुमफिर गर्न भने नपाउने भएका छन् । 

त्यस्तै होटल व्यवसायीले पनि दुई पाङ्ग्रे सवारी साधन लिएर आफ्नो होटलसम्म निर्वाध रुपमा आवातजावत गर्न सक्नेछन् । चिया कम्पनीले बगान प्रवेशमा रोक लगाएपछि होटल व्यवसायी आक्रोशित हुँदै आएका थिए । 

नेपालको ‘मिनी इलाम’ भनेर चिनिने सो चिया बगान राजधानीबाट करिब ३० किमीको दूरीमा रहेको छ । चिया कम्पनी र होटल व्यवसायीबीचको विवादका कारण आन्तरिक र बाह्य पर्यटकको सङ्ख्यामा कमी आएको थियो । रासस