BIZMANDU
www.bizmandu.com

एल्पिक, बुटवल र सिएमबी फाइनान्स गाभिंदै, नयाँ बन्ने सिनर्जीको ४७ करोड चुक्ता पुँजी

२०६९ मंसिर १८

काठमाडौं । राष्ट्रियस्तरका तीन वित्तीय संस्थाहरु गाभिएर आगामी २१ गतेबाट सिनर्जी फाइनान्सका नामबाट कारोबार गर्ने भएका छन् । एल्पिक एभरेष्ट फाइनान्स, वुटवल फाइनान्स र सिएमबी फाइनान्स गाभिएर संयुक्त कारोबार गर्न लागेका हुन् । गाभिएसँगै नयाँ फाइनान्स कम्पनीको चुक्ता पुँजी ४७ करोड ४४ लाख रुपैयाँ पुग्ने छ । नयाँ फाइनान्सको प्रमुख कार्यकारीमा सिएमबीका राजेन्द्रमान शाक्यले निरन्तरता पाउने छन् । केही समयपछि हुने संयुक्त साधारणसभाले अध्यक्षलागयत सञ्चालक समितिको टुङ्गो लगाउने छ ।
तीन वटै फाइनान्स फरक सेयर अनुपातमा गाभिएका हुन् । सिएमबी फाइनान्सको एक सय रुपैयाँको सेयरलाई ८८ रुपैयाँ  मूल्यांकन गरिएको छ । एल्पिक एभरेष्टको सेयरलाई एक सय १० रुपैयाँ र वुटवल फाइनान्सको एक सय २० रुपैयाँ मूल्यांकन गरिएको छ । गाभिएसँगै नयाँ कम्पनीको कर्मचारी संख्या १ सय ५० पुगेको छ । शाखा सञ्जाल १४ पुगेको छ । कम्पनीले ४ वटा नयाँ शाखा थप्ने योजना बनाएको छ । तीन वटै कम्पनीको गरेर निक्षेप २ अर्ब पुगेको छ । ऋण लगानी २ अर्ब २५ करोड पुगेको छ ।
कम्पनीले आगामी दुई वर्षभित्र पुँजी वृद्धि गरि विकास बंैकमा स्तरोन्नति हुने लक्ष्य लिएको छ । पुँजी वृद्धिका लागि कम्पनीले नाफाबाटै वोनस सेयर वितरण गर्ने योजना बनाएको छ । संयुक्त कारोबार सुरु भएपछि कम्पनीको सेयर कारोबार फुकुवा हुने छ । नेपाल स्टक एक्सचेन्जमा एल्पिकको प्रति कित्ता १ सय ५० रुपैयाँका दरले पछिल्लो कारोबार भएको थियो । सिएमबीको १ य २ र वुटवल फाइनान्सको ८० रुपैयाँका दरले कारोबार भएको थियो । गत आर्थिक वर्ष सिएमबीले २ करोड ९ लाख नाफा गरेको थियो । एल्पिकले ६७ लाख ५४ हजार र वुटवलले ९७ लाख ९९ हजार नाफा कमाएको थियो ।

Tata
GBIME
Nepal Life