BIZMANDU
www.bizmandu.com

‘ऋण लागे नडराउनू दीन लागे डराउनू’ , तपाईलाई थाहा छ धन सम्बन्धि नेपाली उखानहरु ?

२०७२ चैत्र ५

काठमाडौं । नेपाली जनजिब्रोमा थुप्रै उखानहरु छन् । कति तपाई हामीलाई पनि कन्ठै छ । हाम्रा प्रधानमन्त्री त  झन् धेरै उखान जान्दछन् ।

Tata
GBIME
Nepal Life

धन सम्पतिका बारेमा पनि थुप्रै उखानहरु बनेका छन् ।

तपाईलाई यस वाहेक धन सम्बन्धि अरु उखान थाहा भए तल कमेन्ट बक्समा लेख्नुहोस ।

१. ल्हासामा सुन छ कान मरो बुच्चै
२. पैसाको मुख सँधै रातो
३. चौक्टा खान गएकी झोलमा डुबेर मरी
४. जसले बोक्छ भारी खान्छ मेख मारी
५. जुवाको धन गन्दै नगन
६. दूध दिने गाईको लात्ती सहनु
७. मह काढ्नेले हात चाट्छ
 ८. मूर्ख र पैसा छिट्‍टै सकिन्छ
९. कालो बादलले सँधै पानी पार्दैन
१० ऋण लिएर घिउ खाने
११. ऋण लागे नडराउनू दिन लागे डराउनू
१२. माग्नेको धन दशचोटि गन्
१३. सुनलाई खोल हाल्नु पर्दैन
१४. आए बाउको गए साहुको
१५. आम्दानी चारानाको खर्च बारानाको
१६. लोभले लाभ, लाभले विलाप
१७. सावाँको भन्दा ब्याजको माया
१८. तै ऋणा तै ऋण वुढी भैंसी किन