BIZMANDU
www.bizmandu.com

आइओसीबाट आएन मूल्यसूची, रक्सौंलमा भन्दा नेपालमा पेट्रोल साढे ४ रुपैयाँ र डिजेल ९ रुपैयाँ सस्तो

२०७२ चैत्र ५

आइओसीबाट आएन मूल्यसूची, रक्सौंलमा भन्दा नेपालमा पेट्रोल साढे ४ रुपैयाँ र डिजेल ९ रुपैयाँ सस्तो
आइओसीबाट आएन मूल्यसूची, रक्सौंलमा भन्दा नेपालमा पेट्रोल साढे ४ रुपैयाँ र डिजेल ९ रुपैयाँ सस्तो

काठमाडौं । इन्डियन आयल कर्पोरेशन(आइओसी)ले पेट्रोलियम पदार्थको मूल्य सूची नपठाएपछि आयल निगमले विहिवार तेलको मूल्यमा कुनै निर्णय गर्न सकेन ।
‘आइओसीले मूल्यसूची नपठाएकोले केही निर्णय हुन सकेन्,’ निगमका प्रवक्ता मुकुन्दप्रसाद घिमिरेले बिजमाण्डूसँग भने, ‘आइओसीले पठाएको मूल्यसूचीपछि निर्णयमा पुगिनेछ ।’
 
 विहिवार भएको सार्वजनिक लेखा समितिको बैठकमा सभासदले पेट्रोलियम पदार्थको मूल्य तत्काल घटाउन निर्देशन दिएका थिए । तर मूल्य घटाउँदा भारतको भन्दा सस्तो हुनेछ । सस्तो हुँदा खुला सिमानाका कारण नेपाल आएर त्यही पेट्रोलियम पदार्थ भारत जाने सम्भावना बढी हुन्छ ।
 
 भारतमा अमेरिकी डलर बलियो भएको र कच्चा तेलको मूल्य बढेको भन्दै बुधवार पेट्रोलमा ३.७ पैसा भारु(४ रुपैयाँ ९१ पैसा) र डिजेलमा १.९० पैसा भारु(३ रुपैयाँ ४ पैसा) मूल्य बढाएको थियो । भारतमा मूल्य बढेपछि नयाँ दिल्लीको मूल्यको दाँजोमा नेपालमा  डिजेलमा २ रुपैयाँ ३२ पैसा सस्तो भएको छ भने पेट्रोलमा ३ रुपैयाँ ५२ पैसा भारततर्फ सस्तो छ । प्रवक्ता घिमिरेका अनुसार रक्सौंल भन्दा वीरगञ्जमा  पेट्रोल ४ रुपैयाँ ५१ पैसा र डिजेल ८ रुपैयाँ ९७ पैसा सस्तो छ । 
 
‘माननीय सभासदज्यूहरुबाट मूल्य घटाउन निर्देशन आएको छ । भारतको भन्दा सस्तो भएपनि मूल्य तत्काल घटाउन हामीलाई भनिएको छ,’ घिमिरेले भने । 
 

Tata
GBIME
Nepal Life