BIZMANDU
www.bizmandu.com

साताको पहिलो दिन सुन हजार रुपैयाँले सस्तो, मूल्य ५९ हजार पाँच सय, चाँदी पनि सस्तीयो

२०६९ मंसिर १७

साताको पहिलो दिन सुन हजार रुपैयाँले सस्तो, मूल्य ५९ हजार पाँच सय, चाँदी पनि सस्तीयो
साताको पहिलो दिन सुन हजार रुपैयाँले सस्तो, मूल्य ५९ हजार पाँच सय, चाँदी पनि सस्तीयो


काडमाडौं । साताको पहिलो दिन सुन तोलामा हजार रुपैयाँले सस्तो भएको छ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य घट्नु तथा आन्तरिक बजारमा डलरको तुलनामा नेपाली रुपैयाँ बलियो हुनुले सुनको मूल्य घटेको हो ।
आइतवारका लागि नेपाल सुन चाँदी व्यवसायी संघले छापावाल सुन प्रतितोलाको ५९ हजार पाँच सय रुपैयाँ मूल्य तोकेको छ । गत शुक्रवार सुन ६० हजार पाँच सयमा कारोवार भएको थियो । अघिल्लो आइतवार सुन एतिहासिक उचाई बनाउँदै प्रतितोलाको ६१ हजार आठ सय ५० रुपैयाँमा कारोवार भएको थियो । सुन गत बुधवार तोलामा साढे दुई सय, विहिवार सात सय र शुक्रवार तीन सय रुपैयाँ घटेर तोलाको ६० हजार पाँच सयमा कारोवार भएको थियो ।
अन्तराष्ट्रिय बजारमा आइतवार सुनको मूल्य प्रतिऔंस १७१५ डलर तोकिएको छ । अघिल्लो आइतवार सुन खरिद गर्दा एक डलरका लागि नेपाली बैंकले झण्डै ८९ रुपैयाँ खर्च गर्थे भने एक सातामा डलरको तुलनामा नेपाली मुद्रा डेढ रुपैयाँ कम ८७ रुपैयाँ ५० पैसा खर्च गरे पुग्छ ।
सुनसँगै चाँदीको मूल्य पनि गिरावट आएको छ । आइतवार प्रतितोला चाँदी २४ रुपैयाँले सस्तो भएर ११९० मा कारोवार भएको छ ।

Tata
GBIME