BIZMANDU
www.bizmandu.com

प्रभु समूहले किनेपछि ग्रोमर मर्चेन्ट बैंकको सञ्चालक समितिमा परिवर्तन, विनोद थकाली भए अध्यक्ष

२०७२ चैत्र ३

प्रभु समूहले किनेपछि ग्रोमर मर्चेन्ट बैंकको सञ्चालक समितिमा परिवर्तन, विनोद थकाली भए अध्यक्ष
प्रभु समूहले किनेपछि ग्रोमर मर्चेन्ट बैंकको सञ्चालक समितिमा परिवर्तन, विनोद थकाली भए अध्यक्ष

काठमाडौं। प्रभु समूहले किनेपछि ग्रोमर ग्रोमर मर्चेन्ट बैंकर लिमिटेडको व्यवस्थापन परिवर्तन भएको छ। अब यो कम्पनीको व्यवस्थापन प्रभु समूह अन्तर्गत नै सञ्चालित हुनेछ।

Tata
GBIME
Nepal Life

सञ्चालक समिति पुनर्गठन भएपछि ग्रोमरको सञ्चालक समिति अध्यक्ष विनोद थकाली भएका छन्। यस्तै सदस्यहरुमा सुभाष अमात्य, सुरजकुमार श्रेष्ठ, लक्ष्मण ज्ञवाली र एकेन्द्रबहादुर कुवर छन्। ज्ञवाली र श्रेष्ठ यसअघि पनि ग्रोमरको सञ्चालक समितिमा थिए।

ग्रोमरको चुक्ता पुँजी १० करोड रुपैयाँ रहेको छ। यो मध्ये ७० प्रतिशत संस्थापक सेयर छ भने ३० प्रतिशत सेयर छिट्टै नै सर्वसाधारणका लागि बिक्री खुला गरिने कम्पनीले जनाएको छ।