BIZMANDU
www.bizmandu.com

सफारि स्ट्रोम एलइटि नेपालमा सार्वजनिक, अझ शक्तिशाली र आधुनिक, मूल्य ५८ लाख ८५ हजार

२०७२ चैत्र ३

सफारि स्ट्रोम एलइटि नेपालमा सार्वजनिक, अझ शक्तिशाली र आधुनिक, मूल्य ५८ लाख ८५ हजार
सफारि स्ट्रोम एलइटि नेपालमा सार्वजनिक, अझ शक्तिशाली र आधुनिक, मूल्य ५८ लाख ८५ हजार

काठमाडौं । टाटा मोटर्सले उत्पादन गरेको सफारी स्ट्रोम अन्तर्गत स्ट्रोम एलइटि नेपालमा विक्रि सुरु भएको छ । यो गाडि ग्राहक केन्द्रित रणनीति होराइजननेक्स्ट अन्तर्गत ड्राइभनेक्स्ट, कनेक्टनेक्स्टसहितका सुविधा उपलब्ध भएको कम्पनीले जारी प्रेस विज्ञप्तिमा छ। 

स्ट्रोम एलइटिमा १५६ पिएसको पावरमा भ्यारिकोर ४०० इन्जिनले ४०० एनएमको टर्क प्रदान गर्ने कम्पनीले जानकारी दिएको छ । त्यसैगरी यो गाडिमा भएको लिमिटेड सिल्प डिफ्रेन्सियल सुविधाले कठिन अफरोडमा पनि सहज ढंगले गाडि चलाउन सकिने कम्पनीले जानकारी दिएको छ । 

गाडीमा हर्मन प्रविधिमा अधारित छ वटा स्पिकर र स्पीड अनुसारको अवाज नियन्त्रण गर्ने कनेक्ट नेक्स्ट इन्फोटेनमेन्ट सिस्टम लगाइएको छ । साथै यो गाडि क्रोम स्टाईलमा ग्रानिससहितको बोनटमा उपलब्ध छ। 

टाटा मोटर्सका प्यासेन्जर भेहिकल बिजनेश यूनिट नेपालका निर्देशक हेमन्त पुराणिकले यो गाडि नेपालको एसयुभि सेग्मेन्टमा नयाँ आयाम हुने बताए। कम्पनीका प्रमुख सञ्चालन अधिकृत राजनबाबु श्रेष्ठले नयाँ स्ट्रोम एलइटि २०० मिलिमिटरको ग्राउन्ड क्लियरेन्ससहित एन्टि लक ब्रेकिङ्ग सिस्टममा आधारित रहेको बताए। 

उनले नयाँ स्ट्रोममा भएको इलेक्ट्रोनिक ब्रेक डिस्ट्रिब्यूशन, क्रम्पलजोन लगायतका विशेषताले यात्रुलाई पूर्ण रुपले सुरक्षित राख्न मद्दत गर्ने समेत जानकारी दिए। सफारी स्ट्रोम भिएक्सले १३ सेकेण्ड भन्दा कम समयमा एक सय किलोमिटरको गति लिन सक्छ। 

नयाँ स्ट्रोममा युएसबिसहितको अडियो सिस्टम, ब्लुटुथ र अक्स कनेक्टिभिटी, रियर पार्किङ्ग, सेन्सर, स्टेरिङ्ग माउन्टेड कन्ट्रोल र रियर पेसेन्जर सेन्टर, आर्म रेस्ट लगायतका सुविधा समेत छन्। स्ट्रोम एलइटि  पाँच रंगमा उपलब्ध भएको पनि कम्पनीले जानकारी दिएको छ । यो गाडिको मूल्य ५८ लाख ८५ हजार रुपैयाँ तय गरिएको छ । 
 

Tata
GBIME
Nepal Life