BIZMANDU
www.bizmandu.com

मिस नेपाल २०१६ विजेतालाई यामाहाले फासिनो स्कुटर दिने,फेसबुक लाइक र निर्णायकले विजेता छान्ने

२०७२ चैत्र ३

मिस नेपाल २०१६ विजेतालाई यामाहाले फासिनो स्कुटर दिने,फेसबुक लाइक र निर्णायकले विजेता छान्ने
मिस नेपाल २०१६ विजेतालाई यामाहाले फासिनो स्कुटर दिने,फेसबुक लाइक र निर्णायकले विजेता छान्ने

काठमाडौं। यामाहाको नेपालकालागि आधिकारिक बिक्रेता एमएडब्लू इन्टरप्राइजेजले मिस नेपाल २०१६ का ग्राण्ड फाइनलिस्टलाई फासिनो स्कुटर दिने भएको छ।

Tata
GBIME
Nepal Life

यामाहा मिस नेपाल २०१६ को शीर्ष प्रायोजकका रुपमा रहेको छ । मिस नेपाल प्रतियोगिता कार्यक्रमको ग्राण्ड फाइनलमा एक जना प्रतियोगीलाई 'यामाहा फेस अफ फासिनो' को शीर्षकमा सो स्कुटर दिने भएको हो।

यामाहाको नयाँ स्कुटरको 'यामाहा फेस अफ फासिनो' अभियान आरम्भ, यामाहाको विशेष प्रशिक्षण यामाहा सेफ राइडिङ साइन्स् र संस्थागत सामाजिक उत्तरदायित्व गरी तीनवटा गतिविधी समावेस गरिएको एमएडव्लुले जनाएको छ।


 
मिस नेपालका १९ जना प्रतियोगीहरुवीच फेसवुक लाइक प्रतियोगितामा उत्कृष्ट ठहरिनेले यामाहाको यो स्कुटर पाउने कम्पनीले जनाएको छ। विजेता छनौटको मापदण्डमा ५० प्रतिशत फेसबुक भोटिङ र यामाहा शोरुम भिजिटबाट तथा बाँकी ५० प्रतिशत निर्णायक मण्डलको निर्णयबाट हुने जनाइएको छ।
 
यामाहाका प्रशिक्षकद्धारा यामाहा सेफ राइडिङ साइन्स् अन्तर्गत चालक र पैदलयात्रीलाई सडक सुरक्षाको बारेमा जानकारी दिएको थियो। यामाहाले आफ्नो सामाजिक उत्तरदायित्व अभियान अन्तर्गत यस्तो कार्यक्रममा सडक र यातायातको अवस्थाका बारेमा ज्ञान दिनका साथै  व्यवहारिक प्रशिक्षण दिएको थियो।