BIZMANDU
www.bizmandu.com

काठमाडौंका अधिकांश सडक माघसम्म पिच हुने, काम चाँढो सक्नेलाई पुरस्कृत गरिने

२०६९ मंसिर १७

काठमाडौं । निर्माण भैरहेको काठमाडौँका अधिकांश सडक पुस– माघसम्म पिच न हुने भएका छन् । केही लामा र ठूला सडकमा ठेक्का सम्झौता भने आगामी एक वर्ष भित्र पुरा हुने भएका छन् ।
काठमाडौँ उपत्यकामा सडक फराकिलो पार्ने अभियानमा भइरहेको प्रगति अनुगमन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवको नेतृत्वमा गठित उच्चस्तरीय अनुगमन समितिले अनुगमनको क्रममा एक महिनामा  सडक निर्माणको कामले तीव्रता पाएको जनाएको छ ।
एक महिनाको अवधिमा कमलपोखरीदेखि मैतीदेवी ओरालोसम्म, इटालियन मोडदेखि भैरवनाथ गणसम्म, मैतीदेवीदेखि धोवीखोला पुलसम्म र महाराजगन्जदेखि बालुवाटारसम्मको बाटो कालोपत्रे भइसकेको छ ।
निरीक्षणका क्रममा सचिव बास्कोटाले ठेक्का सम्झौतामा तोकिएको अवधिभन्दा छिट्टै निर्माणको काम सम्पन्न गर्ने निर्माण व्यवसायी र उत्प्रेरित गर्ने इन्जिनियरलाई पुरस्कृत गरिने जानकारी दिनुभयो ।
निरीक्षणको क्रममा अझै पनि विभिन्न स्थानमा पेटी निर्माण नभएको, बिजुलीका खम्बा नहटेको, ढलको व्यवस्थित गर्न बाँकी रहेको, विद्युत्का ट्रान्सफर्मरको खम्बा हटाउन बाँकी रहेको, ढल खनेको माटो उठाउन बाँकी रहेको र सडकको माटो हटाउन बाँकी रहेको पाइएको छ ।
बाँस्कोाको नेतृत्वमा निरीक्षणका लागि भौतिक योजना मन्त्रालयका सचिव तुलसीप्रसाद सिटौला, ऊर्जा मन्त्रालयका सचिव हरिराम कोइराला, सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठ, वन तथा भू–संरक्षण मन्त्रालयका सचिव डा कृष्णचन्द्र पौडेल, अर्थ मन्त्रालयका सचिव शान्तराज सुवेदी, शिष्टाचार महापाल डा निरञ्जनमानसिंह बस्नेत सहभागी थिए ।
काठमाडौँ उपत्यका विकास प्राधिकरणका आयुक्त केशव स्थापित, सुरक्षा निकायका उच्च अधिकारीर विभिन्न मन्त्रालयका उच्च पदाधिकारी पनि अनुगमन टोलीमा थिए ।
यसैवीच प्रधानमन्त्री डा बाबुराम भट्टराईले काठमाडौँ उपत्यकाभित्र भइरहेको सडक विस्तार अभियानलाई तत्काल सम्पन्न गर्न निर्देशन दिएका छन् । स्थलगत अनुगमनपछि फर्केको टोलीलाई प्रधानमन्त्री भट्टराईले सुन्दर र सफा सहरको अभियानलाई सफल बनाउन आग्रह गरेका हुन् ।
प्रधानमन्त्री डा भट्टराईले सडक विस्तारका क्रममा आउन सक्ने समस्या मिलेर समाधान गर्न, सडक निर्माण भएका ठाउँबाट विद्युत् र टेलिफोनका खम्बा हटाउन, यातायातमा अवरोध आउन नदिन र हरियाली कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएका हुन्  
नदी किनारामा हरियाली बढाउन, सार्वजनिक यातायातमा जोड दिन, ठाउँठाउँमा ओभरहेड ब्रिज निर्माण गर्न र खुल्ला जमिनको व्यवस्थापन गर्न पनि प्रधानमन्त्रीले निर्देशन दिएको बास्कोटाले जानकारी दिए ।

Tata
GBIME
Nepal Life