BIZMANDU
www.bizmandu.com

अब सबैको स्वास्थ्य बिमा, ऐन नै ल्याउने तयारी, सरकारले सहयोग गरे औषधिमा आत्मनिर्भर

२०७२ फागुन ३०

अब सबैको स्वास्थ्य बिमा, ऐन नै ल्याउने तयारी, सरकारले सहयोग गरे औषधिमा आत्मनिर्भर
अब सबैको स्वास्थ्य बिमा, ऐन नै ल्याउने तयारी, सरकारले सहयोग गरे औषधिमा आत्मनिर्भर


रुपन्देही । स्वास्थ्य सचिव शान्तबहादुर श्रेष्ठले नयाँ स्वास्थ्य ऐनमा स्वास्थ्य बिमा लागू गर्ने तयारी सरकारले गरेको  बताए ।

Tata
GBIME
Nepal Life

अहिले स्वास्थ्य सेवा अत्यधिक महँगो र पहुँचवालाको मात्र भएकाले सर्वसाधारणका लागि पनि स्वास्थ्य सहज हुनका लागि ऐनमा नै स्वास्थ्य बिमा लागू गर्ने तयारी सरकारले गरेको उनले बताए । आइतबार बुटवलमा नेपाल औषधि व्यवसायी लुम्बिनी अञ्चलको शाखाको नवौं अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै सचिव श्रेष्ठले स्वास्थ्य क्षेत्र पुरानै शैलीबाट सञ्चालन भएका कारण अब पुनःसंरचनाका साथ लागू गर्ने तयारी भएको बताए।
 
उनले नेपाल औषधि उत्पादनमा आत्मनिर्भर नबन्दा विदेशबाट आयात गर्दा औषधिको गुणस्तरमा कमी भएको समेत बताए ।

उद्घाटन कार्यक्रममा औषधि व्यवसायी सङ्घका केन्द्रीय अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठले नेपालमा औषधि उत्पादनमा आत्मनिर्भर बनाउन नीतिगत रुपमा सरकारले सहयोग गर्न माग गरे । कार्यक्रममा डा भगवान कोइरालालाई चिकित्सा क्षेत्रमा उल्लेखनीय सेवा पुर्‍याएबापत सम्मान गरिएको थियो । रासस