BIZMANDU
www.bizmandu.com

सफा नोट प्रयोग गर्न पाउनु पर्ने मागगर्दै सर्वोच्च अदालतमा मुद्दा, नोटमा स्टिचगर्न रोक्नु पर्ने

२०७२ फागुन २८

काठमाडौं। सफा नोट प्रयोग गर्न पाउनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ। नोटमा स्टिच लगाउने र केरमेट तथा झुत्रा बनाउन बन्द गर्ने मागसहित सर्वोच्च अदालतमा मुद्दा दायर भएको हो।
 

Vigo
GBIME
Tata

अधिवक्ताहरु अनन्तराज लुईंटेल, मनोज खड्का, प्रविन्द्रराज जोशी र रुद्रप्रसाद पाठकले नेपाल सरकार, अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंकलाई विपक्षी बनाइ मुद्दा दायर गरेका हुन्। सफा नोट प्रयोग गर्न पाउनु पर्ने आम नागरिकको अधिकार भएको भन्दै उनीहरुले स्टिच गर्ने तथा केरमेट गर्ने कार्यमा बन्देज लगाउन रिटमा माग गरिएको छ।
 
'संसारभर सफा नोट प्रयोग गर्न पाउनुपर्ने अभियान नै छ, भारतमा पनि सन् २००५ मा यस सम्बन्धि सर्कुलर भइसकेको छ,' लुईंटेलले बिजमाण्डूसँग भने, 'बैंकहरुले जथाभावी झुत्रा बनाइरहेका छन्, स्टिच गरिरहेका छन्। त्यसलाई बन्द गर्नुपर्छ।'
 
उनीहरुले यसबारेमा कानुनी व्यवस्था गर्ने गरी आदेसको पनि माग गरेका छन्। रिटमा बैंक तथा वित्तीय संस्थासम्बन्धि ऐन २०५८ मा यसबारेमा व्यवस्था नभएको भन्दै ऐन संशोधनका लागिसमेत आदेशको माग गरिएको छ।