BIZMANDU
www.bizmandu.com

सिभिल बैंकको १६ औं शाखा बुटवलमा

२०६९ मंसिर १४

काठमाडौं । सिभिल बंैक लिमिटेडले व्यापारिक शहर बुटवलमा १६ औं शाखा सञ्चालनमा ल्याएको छ । बुटवलमा खोलिएको नयाँ शाखाको उद्घाटन बैकका संचालक समितिका सदस्य अम्बिर बोगटीले गरे । बुटवलमा शहरीकरण बढ्दै गएको र यससँगै व्यवसायिक गतिबिधिहरु बढ्दै गएकोले यहाँ शाखा विस्तार गरिएको बंैकले जनाएको छ । यो शाखाबाट बंैकले अन्य आफ्ना शाखाहरुबाट जस्तै अत्याधुनिक बंैकिङ सेवा प्रदान गर्ने छ ।
बैंकले आगामी मंसीर २५ गते देखि ८० करोड रुपैंया बराबरको ८० लाख कित्ता साधारण शेयर निष्काशन गर्दैछ । अहिले लगानीको अवसर खोजीरहेका आम सर्वसाधारण लगानीकर्ताहरु बैंकले जारी गर्ने शेयर प्रति आकर्षित रहने बैंककोे अपेक्षा रहेको छ ।
बंैकद्वारा जारी गर्न लागेको शेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा नागरिक लगानी कोष, नबिल क्यापिटल मार्केट, एस क्यापिटल मार्केट तथा एनसिएम क्यापिटल मार्केट्स रहेका छन् । प्रतिष्ठित उद्यमी व्यवसायीद्वारा लगानी एवं लामो अनुभव प्राप्त बैंकर्सहरुको व्यवस्थापनमा संचालित सिभिल बैंक लिमिटेड मुलुकको ३० औं वाणिज्य बैंकको रुपमा २ वर्ष अघिदेखि नाफामा संचालन हुँदै आएको छ ।

Tata
GBIME
Nepal Life