BIZMANDU
www.bizmandu.com

सिभिक विकास बैंकका लागि तीन गुणा बढी सेयर आवेदन, छिट्टै बाँडफाँड गरिने

२०६९ मंसिर १४

काठमाडौं । सिभिक विकास बैंकको साधरण सेयरका लागि तीन गुणा बढी आवेदन परेको छ । बैंकले मंसिर सात गतेबाट एक लाख २० हजार कित्ता सेयरका लागि आवेदन मागेको थियो । बैंकले विहिवार सार्वजनिक सूचना जारी गर्दै तीन गुणा बढी सेयरका लागि आवेदन परेको जानकारी दिएको हो । बैंकले पाँच दिनमै सेयर आवेदन बन्द गरेको थियो । धादिङमा प्रधान कार्यालय रहेको सिभिक बैंकले छिट्टै  सेयर बाँडफाँड गरिने जानकारी दिएको छ । बैंकको सेयर विक्री प्रवन्धकमा ग्रोमर मर्चेण्ट बैंकर नियुक्त गरिएको थियो ।

Tata
GBIME
Nepal Life