BIZMANDU
www.bizmandu.com

उर्जाले १२ जलविद्युत आयोजनासँग थप कागजात माग्यो, उपेन्द्र महतोको कम्पनी पनि पर्यो

२०६९ मंसिर १३

काठमाडौं । उर्जा मन्त्रालयले १२ जलविद्युत आयोजनासँग थप कागजात माग गरेको छ । यी १२ आयोजनामध्ये ताप्लेजुङ्गमा रहेको ४१५ मेगावाटको माथिल्लो तमोर जलविद्युत आयोजना समेत छ । यो आयोजना गैरआवासिय नेपाली उपेन्द्र महतो, जुगल भुर्तेल र डा. सुवर्णदास श्रेष्ठको नाममा दर्ता भएको आयोजना हो ।
विद्युत उत्पादन अनुमति मागेको यो परियोजनाका लागि विद्युत विकास विभागले विद्युत उत्पादनका लागि आवश्यक पर्ने कागजात माग गरेको हो । महतोको समूहले तमोर सानिमा इनर्जीबाट माथिल्लो तमोरको लाइसेन्स लिएको हो ।
विभागले सिन्धुपाल्चोकको नौसिम खोला जलविद्युत आयोजनासँग पनि विद्युत उत्पादन अनुमतिका लागि आवश्यक पर्ने कागजात माग गरेको छ । ३० मेगावाटको यो  आयोजना इनर्जी एण्ड हाइड्रोपावर सर्भिसेसले निर्माण गर्न लागेको हो । यो आयोजनामा ज्ञानेन्द्रलाल प्रधानकी छोरी निभिता प्रधान मुख्य सेयर होल्डर छन् । त्यसैगरी पुष्प चित्रकार, योगमाया भट्ट पनि यो कम्पनीको सेयरहोल्डर हुन् ।
विद्युत विकास विभागले गोल्मागाड, माथिल्लो कैलास खोला, पुवा झुत्रे खोला, माथिल्लो नौगाड ए, रोसी खोला, याङदेली, माथिल्लो माया खोला, माथिल्लो चौरी, दाप्चा रोसी र पुवाखोला जलविद्युतसँग पनि कागजात लगायतका विवरण माग गरेको छ ।

Tata
GBIME
Nepal Life