BIZMANDU
www.bizmandu.com

सिजी डिजिटलको अनलाइन कारोवार सुरु, उपभोक्ताले घरबाटै किनमेल गर्न सक्ने

२०६९ मंसिर १३

सिजी डिजिटलको अनलाइन कारोवार सुरु, उपभोक्ताले घरबाटै किनमेल गर्न सक्ने
सिजी डिजिटलको अनलाइन कारोवार सुरु, उपभोक्ताले घरबाटै किनमेल गर्न सक्ने

काठमाडौं । चौधरी ग्रुपको सिजी डिजिटलले विद्युतीय र घरायसी सामाग्रीको अनलाइन कारोबार सुरु गरेको छ । कम्पनीले सिजी, तोसिबा, ग्रोदेज, ओनिडा, केल्भिनेटर, लाभा, रिक्को, एलजी र टिसिएल ब्रान्डका सामानको अनलाइन कारोबार सुरु गरेको हो । कम्पनीले मंगलबारदेखि यो सेवा सुरु गरेको हो ।
कम्पनीको ‘सिजिडिजिटल डटकम डट एनपी’ मार्फत यी ब्रान्डका सामान उपभोक्ताले किन्न पाउनेछन् । ग्रुपका प्रवन्ध निर्देशक निर्वाण चौधरीले अनलाइन मार्फत सिजीका सबै सामान किन्न सकिने जानकारी दिए ।
‘अबको बजार अनलाइनको भएकोले हामीले यो सेवा सुरु गरेका हौ,’ उनले भने, ‘उपभोक्ताले घरमै बसेर किनमेल गर्न मिलोस भनेर अनलाइन कारोबार थालेका हौ ।’ सामान किन्दा उपभोक्ताले क्रेडिट कार्ड, अनलाइन बैकिङ र मोबाइल मनी मार्फत भुक्तानी गर्न सक्ने उनले बताए ।
नगद तिर्ने उपभोक्ताले घरमा सामान बुझेपछि घरमा आउने कम्पनीका प्रतिनिधिलाई नगद भुक्तानी गर्नसक्ने सुविधा रहेको कम्पनीका महाप्रवन्धक रमेश श्रेष्ठले बताए । अनलाइनमार्फत सामान किन्ने उपभोक्ताले बजार भाउ भन्दा सस्तोमा सामान किन्न पाउनेछन् ।
श्रेष्ठका अनुसार चक्रपथ भित्रका उपभोक्ताले घरसम्म पु¥याए वापतको रकम तिर्नुपर्दैन । चक्रपथ वाहिरका उपभोक्ताले भने सेवा शुल्क तिर्नुपर्ने कम्पनीले जनाएको छ । अनलाइनमार्फत उपभोक्ताले सामानको मूल्य, गुणस्तर लगायतका बारेमा जानकारी पाउँछन् ।

Tata
GBIME
Nepal Life