BIZMANDU
www.bizmandu.com

निर्माण व्यवसायीले एफक्यान टावर बनाउने, ओभरहेड खर्च २५ प्रतिशत पुर्याउन माग

२०६९ मंसिर १३

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले सुविधा सम्पन्न एफक्यान टावर बनाउने भएको छ । महासंघको भैरहवामा भएको १५ औं साधारणसभाले टावर निर्माण गर्ने निर्णय गरेको हो ।
‘निकट भविष्यमानै जग्गा खरिद गरी एफक्यान टावर निर्माणको लागि आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय गरियो,’ महासंघद्धारा जारी घोषणापत्रमा भनिएको छ । घोषणापत्रमा सरकार र महासंघबीच भएको सहमति कार्यन्वयन गराउन उपाध्यक्ष केशवप्रसाद गौतमको संयोजकत्वमा १४ अञ्चल सदस्य रहनेगरी १५ सदस्यीय अधिकार सम्पन्न कार्यदल बनाउने निर्णय गरिएको छ । यो कार्यदलले आवश्यक ठानेमा आन्दोलनमा जाने निर्णय समेत गरेको छ । १५ हजारभन्दा बढी संख्यामा रहेका साना निर्माण व्यवसायीहरुको हक हितको संरक्षण र सम्बद्र्धन गर्ने नीति नियमहरु ल्याउन महासंघले पहल गर्ने निर्णय गरेको छ ।
महासंघले गैर–व्यवसायीक हस्तक्षेपले नेपालको निर्माण व्यवसायमा ठूलो व्यवधान उत्पन्न गरेको भन्दै गैर–व्यवसायीक हस्तक्षेपलाई समाप्त गर्न महासंघले सरकारसंग आवश्यक पहलको निर्णय गर्ने घोषणापत्रमा छ ।  पाँच लाखको कोटेशनले व्यवसायीहरुको साटो अन्यलाई लाभ पुगेको भन्दै महासंघले पाँच लाखको कोटेशन बन्द गराउने निर्णय गरको छ । महासंघले उपभोक्ता समितिबाट गरिने निर्माणको कामलाई घटाई अझ सानो काममा सिमित गर्न दबाब दिने निर्णय गरेको छ । महासंघका अनुसार मुल्यबृद्धिको प्रावधान अनिवार्य रुपमा सबै टेण्डरहरुमा राख्न महासंघले सरकारसंग पहल गर्ने निर्णय गरेको छ ।
देशको संक्रमणकालिन राजनैतिक परिस्थितीका कारण निर्माण कार्य गर्न कठिनाई भएको, श्रमशक्ति अत्यन्तै महँगो भएकोले ओभरहेड १५ बाट २५ प्रतिशत गर्न महासंघले माग गरेको छ ।

Tata
GBIME
Nepal Life