BIZMANDU
www.bizmandu.com

इन्भेष्टमेन्ट बैंकले प्रस्ताव गर्यो ३० प्रतिशत लाभांस, २५ प्रतिशत बोनस सेयर, पाँच प्रतिशत नगद

२०६९ मंसिर १२

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले लगानीकर्तालाई २५ प्रतिशत बोनस सेयर र पाँच प्रतिशत नगद लाभांस दिने भएको छ । एक अर्ब बढी नाफा कमाउने बैंकमध्ये इन्भेष्ट बैंक पनि एक हो । नाफा उच्च भए पनि क्यापिटल एडुकेसि रेसियोका कारण बैंकलाई बढी नगद लाभांस दिन समस्या थियो ।
बैंकले अघिल्लो वर्ष लगानीकर्तालाई २५ प्रतिशत बोनस सेयर र २५ प्रतिशत नगद लाभांस गरी ५० प्रतिशत लाभांस दिएको थियो । बैंकले यो वर्ष एक अर्ब ३१ करोड रुपैयाँ मुनाफा कमाएको छ । बैंकले अघिल्लो वर्ष एक अर्ब १७ करोड रुपैयाँ मुनाफा कमाएको थियो ।
तीन अर्ब एक करोड चुक्ता पुँजी भएको इन्भेष्टमेन्ट बैंकले लगानीकर्तालाई २५ प्रतिशत बोनस सेयर वितरण गरेपछि तीन अर्ब ७६ करोड रुपैयाँको बैंक बन्नेछ । बैंकले प्रस्ताव गरेको लाभांस राष्ट्र बैंकको स्वीकृती र साधरणसभाको अनुमोदनपछि मात्रै वितरण हुनेछ ।
मंगलवार सिभिल मर्चेन्ट वित्तीय संस्थाले पनि लगानीकर्तालाई १२ प्रतिशत नगद लाभांसको प्रस्ताव गरेको छ । बैंकको आइतवार बसेको बैठकले लाभांस प्रस्ताव गरेको हो । त्यसैगरी लुम्बिनी जनरल इन्सुरेन्स कम्पनीले पनि सेयरधनीलाई ९.५७ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । इन्सुरेन्सको यो प्रस्ताव बीमा समितिबाट अनुमोदन भएपछि मात्रै वितरण हुने संस्थाले नेपाल स्टकलाई जानकारी दिएको छ ।

Tata
GBIME
Nepal Life