BIZMANDU
www.bizmandu.com

भाग्यमा लेखेर ल्याएपछि ! मजदुरले दुबईमा जिते नौ करोडको चिठ्ठा

२०६९ असार २७

भाग्यमा लेखेर ल्याएपछि ! मजदुरले दुबईमा जिते नौ करोडको चिठ्ठा
भाग्यमा लेखेर ल्याएपछि ! मजदुरले दुबईमा जिते नौ करोडको चिठ्ठा

दुबई । दुबईको एउटा निर्माण कम्पनीमा काम गर्ने मजदुरले १० लाख डलर(नौ करोड रुपैयाँ)को चिठ्ठा जितेका छन् । ३४ वर्षिय श्रीजू नांबरोन नाम गरेका यी भारतीय सडकपतिबाट एकैपटकमा करोडपति भएका छन् । दुबईको १३० औं मिलेनियम मिलिनेयर चिठ्ठा किनेका उनी निर्माण मजदुर हुन् । हरेक वर्ष हुने यो चिठ्ठा कार्याक्रममा उनी लामो समयदेखि चिठ्ठा किन्दै आएका थिए । यसपटक पनि उनले चिठ्ठा किने, चिठ्ठामा उनको नाम सार्वजनिक भयो, तर उनी आफैलाई भने चिठ्ठा जितें भन्ने विश्वास लागेन ।
मलाई कसैले फोन गरेर भन्यो, तिमीले १० लाखको चिठ्ठा जित्यौ तर मलाई विश्वास लागेन, श्रीजुले भने तर सबै विवरण सुनेपछि यकिन भयो म करोडपति भएँ । श्रीजू यस्तो चिठ्ठा भारतका ५४ औं व्याक्ति हुन । श्रीजू बाहेक दुई जनाले पनि यो कार्यक्रममा विलासी गाडी जितेका छन् । बहराइनमा बसिरहेका भारतीय जोसेफ रविन्सनले मर्सिडिज बेञ्ज एस ५०० जिते भने भारत नयाँ दिल्लीका व्यापारी मोहमद खानले बिएमडब्लु ७५० एल आई जिते ।

Tata
GBIME
Nepal Life