BIZMANDU
www.bizmandu.com

सेञ्चुरी बैंकले थप्यो पाँच शाखा, अब बौद्ध, जनकपुर, मलंगवा, जलेश्वर र गरुडामा शाखा

२०६९ मंसिर १२

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले सोमबार पाँच शाखा विस्तार गरेको छ । राजधानीको बौद्ध, धनुषाको जनकपुरधाम, सर्लाहीको मलंगवा, महोत्तरीको जलेश्वर र रौतहटको गरुडामा बैंकले शाखा विस्तार गरेको हो ।
बीस महिना अघि सञ्चालनमा आएको बैकले ७ अर्ब ३० करोड रुपैयाँ निक्षेप संकलन गरी ६ अर्ब ५५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । यसैगरी बैंक अफ काठमान्डूले सिराहाको लाहान र सुनसरीको धरानमा शाखा खोलेको छ । लाहान शाखाको उद्घाटन बैंकका अध्यक्ष नरेन्द्रकुमार बस्न्यात र धरान शाखाको बैंकका सञ्चालक रमेशनाथ ढुंगेलबाट भएको हो ।

Tata
GBIME
Nepal Life