BIZMANDU
www.bizmandu.com

सामसुङ्गका बेण्डी फोन बटार्नुस, भाँच्नुस र खल्तीमा राख्नुस, २०१३ भित्रै बजारमा आउने

२०६९ मंसिर ११

सामसुङ्गका बेण्डी फोन बटार्नुस, भाँच्नुस र खल्तीमा राख्नुस, २०१३ भित्रै बजारमा आउने
सामसुङ्गका बेण्डी फोन बटार्नुस, भाँच्नुस र खल्तीमा राख्नुस, २०१३ भित्रै बजारमा आउने

सियोल । सामसुङ्गले फोल्ड गर्ने होइन, भाँच्न र बटार्न पनि मिल्ने मोबाइल फोन बजारमा ल्याउने भएको हो । बंग्याएर आफ्नो खल्तीमा अटाउन सकिने खालका फोनहरु आगामि वर्षदेखि बजारमा आउने कम्पनीले जनाएको छ ।

दक्षिण कोरीयाली कम्पनी हाल त्यस्ता फोनहरुको मास प्रोडक्सनमा लागेको बताइएको छ । सामसुङ्गले बंग्याउन सकिने खालका मोबाईल फोन उत्पादन गर्ने हल्ला विगत केही वर्ष यता सुनिएका थिए तर अब कम्पनीले सन् २०१३ मा यस्तो फोन बजारमा नै ल्याउने जानकारी दिएको छ ।

डिस्प्लेमा सिसाको साटो भाँच्दा पनि केहि असर नपर्ने सामाग्री प्रयोग गरिएका यी मोबाइल हलुका एवं पातलो पनि हुने भएकाले उत्पादन लागत कम लाग्नेछ । कम्पनीले गत वर्ष नै मोबाईलको डिजाइन सार्वजनिक गरेको भए पनि उपलब्ध हुने मिति खुलाएको थिएन । वाल स्ट्रिट जर्नलले कम्पनी श्रोतको हवाला दिंदै २०१३ को पहिलो ६ महिना भित्र यस्ता फोन बजारमा आउने लेखेको छ ।

सामसुङ्गले बंग्याउन पनि सकिने खालका फोन बजारमा ल्याउन सकेको खण्डमा यसले मोबाइल इतिहासमा नै ठुलो फड्को मार्ने विश्लेषकहरु बताउँछन् । कम्पनीले यस्ता फोन बजारमा ल्याएको खण्डमा मोबाईल बजारमा सामसुङ्ग एक पृथक कम्पनीका रुपमा चिनिनका साथै इन्नोभेटिभ कम्पनीका रुपमा समेत चिनिने कम्पनीको विश्वास छ ।

Tata
GBIME
Nepal Life